बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नबिल बैंकद्वारा ३४ औं वार्षिक उत्सवको अवसरमा रक्तदान

सोमबार, ३२ असार २०७५, १८ : ४१
सोमबार, ३२ असार २०७५

काठमाडौं । नबिल बैंकले आफ्नो ३४ औं वार्षिक उत्सव मनाउने क्रममा बैंकको प्रधान कार्यालय काठमाडौं, हेटौंडा तथा महेन्द्रनगर शाखाहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा २०४ जना बैकंका कर्मचारीहरुका साथै ग्राहकहरुबाट समेत रक्तदान गरिएको थियो ।

रक्तदाताहरुलाई नबिल बैंकबाट सामाजिक कार्यक्रममा उत्कृष्ट योगदान गरेकोमा धन्यवाद ज्ञापन साथै कदर पत्र प्रदान गरिएको थियो ।

नेपाल रेड क्रस सोसाईटी सघंले देशमा रहेको विद्यमान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप