शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

मङ्गलबार, ०१ साउन २०७५, ०८ : ३५
मङ्गलबार, ०१ साउन २०७५

म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले स्मार्ट टिभी सहयोग गरेको छ । 

जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलको जानकारी दिने उद्देश्यले कालीपुलमा स्थापना गरिएको केन्द्रलाई मोना कतारले स्मार्ट टिभी र प्रोजेक्टर सहयोग गरेको हो । 

सोमबार बेनीमा आयोजित कार्यक्रममा मोना कतारका सचिव तारा क्षेत्रीले सूचना केन्द्रका संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यलाई सहयोग हस्तान्तरण गरे । कार्यक्रममा म्याग्दी भ्रमण वर्ष-२०७५ लाई सफल बनाउन रचनात्मक कार्यमा समेत सहभागिता जनाउने सचिव क्षेत्रीले बताए । 

यस अगाडि पनि कतारमै आयोजित कार्यक्रममा त्यहाँ रहेका नेपालीलाई म्याग्दी भ्रमणको निम्तो दिने गरी अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो । 

बेनी नगरपालिका, नेपाल पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघद्वारा सञ्चालित केन्द्रलाई सहयोग हस्तान्तरण कार्यक्रममा बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भ्रमण वर्षले जिल्लाका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसारले भविष्यमा पर्यटकको आगमन बढ्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप