बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीको विष्णुपुर गाउँपालिकाको बजेट  १९ करोड

मङ्गलबार, ०१ साउन २०७५, ०८ : ३९
मङ्गलबार, ०१ साउन २०७५

लहान - सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले यस आर्थिक वर्ष २०७५÷०७६ का लागि रु १९ करोड ३८ लाख ५३ हजारको बजेट पारित गरेको छ । 

गाउँसभाले आव ०७५÷०७६ मा संघीय सरकारबाट प्राप्त बित्तीय समानीकरण अनुदान रु १६ करोड ८३ लाख, प्रदेश सरकारबाट अनुदान रु २७ लाख, प्रदेश सरकारबाट सशर्त अनुदान रु ५० लाख र आन्तरिक स्रोतबाट रु एक करोड १० लाख, राजश्व बाँडफाँडबाट रु १८ लाख र गत आवको मौज्दात रु ४९ लाख ६३ हजार गरी रु १९ करोड ३८ लाख ५३ हजारको आयव्यय विनियोजन गरेको छ । 

यस्तै, यस आव ०७५÷०७६ मा सशर्त अनुदानतर्फ शिक्षा, महिला विकास, पशु विकास, कृषि विकासतर्फ रु आठ करोड ६५ लाख, ज्येष्ठ नागरिक दीर्घसेवा सम्मान र सामाजिक सुरक्षा कार्यक्रमतर्फ रु चार करोड, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ रु १२ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ रु १० लाख ६० हजार र नगर विकास कोष ऋणतर्फ रु पाँच करोड विनियोजन गरिएको गाउँपालिका अध्यक्ष निलाम्बर यादवले जानकारी दिए । 

आगामी बजेटले प्रत्येक वडामा सडक पूर्वाधार, शैक्षिक गुणस्तरीयता र खानेपानी तथा सरसफाइका लागि एकीकृत बजेट बनाएर खर्च गरिने अध्यक्ष यादवले बताए । 

गाउँसभा समापन कार्यक्रममा गाउँसभा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजितजंग अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप