बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

याहू मेसेन्जर पूर्ण रुपमा बन्द, आखिर कहाँ भयो गल्ती ?

मङ्गलबार, ०१ साउन २०७५, १० : ३४
मङ्गलबार, ०१ साउन २०७५

बीबीसी

इन्स्टेन्ट मेसेजिङको दुनियाँसँग जसले परिचित गरायो र तपाईंको डेस्कटप र मोबाइलमा विशेष स्थान बनायो, मेसेजिङको दुनियाँमा क्रान्ति ल्याउने त्यही याहू मेसेन्जर अब पूर्ण रुपमा बन्द भएको छ ।

याहू मेसेन्जरलाई पहिलो इन्स्टेन्ट मेसेजिङ सर्भिसमध्येको एक मानिन्छ । एक समय थियो जब कम्प्युटर र इन्टरनेटको प्रयोग गर्नेहरुसँग यसको आइडी नहुने कल्पना पनि गर्न सकिँदैनथ्यो ।

तर याहूले जुलाई १७ बाट आफ्नो मेसेजिङ सर्भिस याहू मेसेन्जरलाई बन्द गरेको छ । यसअघि याहूले भनेको थियो, ‘उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर  नयाँ र उत्कृष्ट कम्युनिकेशन टुल ल्याउनका लागि हामीले याहू मेसेन्जर बन्द गरेका छौं ।’

तर जसले मेसेजिङ दुनियाँमा एक समय एकछत्र राज गर्यो र अन्य कम्पनीलाई यस क्षेत्रमा आउने बाटो देखायो, आखिर त्यही नै परिवर्तनशील समयसँगै किन अघि बढ्न सकेन ? आज याहू मेसेन्जर बन्द नै गर्नुपर्ने समय किन आयो ।

यसबारे बीबीसी संवाददाता कमलेश मठेनीले टेक गुरु आशुतोष सिन्हासँग कुराकानी गरे । पढ्नुहोस् उनी के भन्छन्, उनकै शब्दमा ।

कसरी पछाडि पर्यो याहूः

प्रविधीको दुनियाँमा जबसम्म तपाईं शीर्ष स्थानमा हुनुहुन्छ संसारका अन्य क्षेत्रको कम्पनीको प्रतिस्पर्धाबाट बच्न मुश्किल हुन्छ ।

उपभोक्ताको आवश्यकता र प्रविधी लगातार परिवर्तन भइरहन्छन् र तपाईं त्यसै अनुरुप चल्नुपर्ने हुन्छ ।

तर याहू मेसेन्जर मानिसहरुको आशा अनुरुप चल्न सकेन । मानिसहरुलाई एउटा मेसेन्जरमात्र चाहिएको थिएन, उनीहरुलाई सबैकुरा चाहिएको थियो । पूरा अनलाईन दुनियाँ चाहिएको थियो जुन गुगल र यहाँसम्म कि माइक्रोसफ्टले पनि याहूभन्दा राम्रो सुविधा दिएको थियो ।

तपाईंले सधैं ग्राहकलाई के चाहिन्छ भनी पहिले नै सोच्नुपर्छ ।

यदि आज उनीहरुले मसँग आँप किनिरहेका छन् भने मैले उपभोक्तामा बारेमा सोचिरहेको छु वा उनीहरुको आवश्यकतालाई ध्यान दिइरहेको छु भनेर देखाउनका लागि अब मैले उनीहरुलाई त्यो बाहेक के दिनसक्छु भनेर सोच्नुपर्छ ।

जुन प्रकारले प्रविधीको विकास भइरहेको छ र अगाडि बढिरहेको छ, मेसेजिङ अब टेक्स्टमार्फत मात्र मेसेज दिने माध्यम रहेन ।

अब प्रयोगकर्ताहरु गुगल ह्यांगआउट, स्काइपजस्ता सर्भिसलाई भिडियो कलिङका लागि प्रयोग गरिरहेका छन् । यहाँ उनीहरुले भिडियोसँगै टेक्स्टको सुविधा पनि पाइरहेका छन् ।

उनीहरुको गति याहूको प्रतिस्पर्धामा तीब्र भइरहेको छ । याहूमा पनि तपाईं यी सबै गर्न सक्नुहुन्छ तर याहूले जुन प्रकारले यो परिवर्तन देख्यो सायद उनका ग्राहकको आशाभन्दा थोरै कम थियो ।

वास्तवमा, जब ग्राहकलाई जब अघि बढेर यस्ता सुविधा दिनुपर्ने बेला यो चुकेको छ । अन्य कम्पनीले जब उत्कृष्ट फिचर दिन्छ तब तपाईं त्यसको पछि मात्र लाग्न सक्नुहुन्छ त्योभन्दा अघि जान सक्नुहुन्न ।

केही वर्ष अघि माइक्रोसफ्टको नाम पनि सुन्नुभएको होला । त्यसमा लगइन गर्दा अन्य कुनै पनि माइक्रोसफ्ट सर्भिसको प्रयोग गर्न सक्नेगरी यसलाई बनाइएको थियो ।

तर जति छिटो यो आयो करिब करिब त्यही गतीमा यो गायब पनि भयो । त्यसकारण यहाँ भन्न सकिन्छ कि ठूला कम्पनीले पनि गल्ती गर्न सक्छन् । माइक्रोसफ्टले इन्टरनेटको एक ढंगले आफ्नो प्रयोगकर्तामार्फत नियन्त्रित गर्ने कोसिस गरेको थियो ।

याहू पछि परिरहेका बेला माइक्रोसफ्ट अघि बढ्ने कोसिस गरिरहेको थियो । तर दुबैको कोसिस सही रहेन र ग्राहकले उनलाई अस्विकार गरे । टेकको दुनियाँमा यो अचम्मको कुरा भने होइन ।

ठूला कम्पनीसँग गल्ती कसरी ?

ठूला कम्पनी पनि प्रविधीको दुनियाँमा पछि पर्छन् । समयसँगै चल्न नसक्नु यसको सबैभन्दा ठूलो कारण बन्ने गर्छ ।

उदाहरणको रुपमा जब सबिर भाटियाले सन् १९९६ मा हटमेल सुरु गरे तब यो नम्बर वान इमेल आइडी थियो । पछि उनले यसलाई माइक्रोसफ्टसँग बेचिदिए । त्यसपछि पनि हटमेल सबैभन्द अगाडि थियो ।

सन् २००४ को सुरुवातमा जब जिमेल सुरु भयो तब बजारमा ढिला भित्रिएपनि यो हटमेलभन्दा चर्चित रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप