शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनौठो प्रचलनः तीन दिनसम्म काम गर्नै नहुने !

मङ्गलबार, ०१ साउन २०७५, १० : ३९
मङ्गलबार, ०१ साउन २०७५

गुल्मी–गुल्मीको दरवार गाउँपालिकाका एक मगर समुदायमा  एउटा रोचक  प्रचलन छ ।  जुन समुदायले असारको तीन दिनसम्म खेतीवाली र दाउँरा घाँस गर्नै पाउँदैनन् । ‘असारे बार’ उनीहरुको ठूलो मेला पर्व हो । जुन असारे बारलाई कडा बारको रुपमा लिइन्छ ।

   असार महिनाको विजोडा मिति , विजोडा  वार र तिथी पारेर तीन दिनसम्म यो पर्व मनाइने गरीन्छ । सोहि अनुसार यसवर्ष असार ३०,३१ र ३२ गते धुमधामका साथ सो पर्व मनाइयो ।  
गुल्मी दरवार गाउँपालिका वडा नम्वर ४ , विरवासको जिज्यु वाजै मन्दिरको पौराणिक कथा रोचक छ ।   

   विरवास बजारमा रहेको  जिज्यु वाजै मन्दिर पुजा ब्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन इन्द्रबहादुर रजाइलीको भनाई अनुसार विक्रम संवत १७६५ सालको असार महिनामा मगर समुदाय, सुर्यवंशी थरका दुई दिदी विहिनी घरबाट हराए ।  दुई तिन सम्म फेला नपरेपछि धामी झाँक्रि गराईयो ।  धामी क्राँक्रि बक्ने क्रममा ती दुई  दिदी वहिनीहरु बोले ।

   उनीहरुले भने–‘ अहिले हामी शिला पल्टेर बसेका छौं । हामीलाई मानेर बस्नु , खोज्न परेन । ’  खोज्दै जाँदा उनीहरु शिला अर्थात ढुङ्गको मुर्तिका रुपमा फेला परे ।

  एका दुई पुस्ता पछिका सन्तानले पुरानो पिढीलाई जिज्यु वाजै भन्ने मगर समुदायको प्रचलन अनुसार उनीहरुको शिलालाई जिज्यु वजैका रुपमा पुज्न थालियो ।  उनीहरुको मन्दिर स्थापना गरियो ।
    त्यति वेला मगर समुदायको प्रचलनमा रहेको सुंगुर  र   कुखरा चढाउन थालियो ।  अहिले पनि त्यही सुंगुर पुजा गरिन्छ ।  सयौं कुखराको भाले पुजा गरिन्छ ।  परम्परागत सालैजो र नौमति वाजा बजाएर नाचिन्छ ।

   यसपाली  पनि भव्य रुपमा मनाईयो ।  प्रचलन अनुसार पर्व मनाउने अघिल्लो दिन देखि  हिजो साँझ तिन दिन सम्म त्यस समुदायका मानिसहरुले घरको मेलापात , दाउँरा घाँस  केहि काम गरेनन् ।
   त्यसको तिन दिन अघि नै घरको सवै काम  पुरा गरेर बस्छन् । अध्यक्ष रजाईलीका अनुसार असारे वार पर्वको  तीन दिन सम्म केहि काम गरेमा खती हुने जनविश्वास रहेको छ । 

   जिज्यु वाजै मन्दिरमा भाक्कल गरे पछि  मनोकामना पुरा हुने जनविश्वास अनुसार पहिला छिमेकी जिल्ला सम्मका मानिसहरुको अपार भिड हुने गर्दथ्यो । अहिले भने आ–आफ्नो गाउँमा त्यस मन्दिरको शाखा लगेर पुज्ने गर्दा कम भएको छ ।

पुजारीले थपे–‘ जिज्यु वाजै मन्दिरको परापुर्व काल देखि अपार महिमा रहेकोले पञ्चायत कालमा  यस स्थानको नामकरण जिज्यु स्थान गाउँ पञ्चायत  थियो । पछि मात्रै विरवास गाउँविकास समिति भएको थियो ।’
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप