बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नरैनापुरको बजेट ४० करोड ३१ लाख

मङ्गलबार, ०१ साउन २०७५, १२ : ५५
मङ्गलबार, ०१ साउन २०७५

नेपालगञ्ज– नरैनापुर गाउँपालिकाको गाउँसभाले आर्थिक वर्ष २०७५/७६ को बजेट तथा कार्यकम पारित गरेको छ ।  गाउँपालिकामा सोमबार सम्पन्न दोस्रो गाउँसभाले नीति तथा कार्यक्रमका आधारमा रु ४० करोड ३१ लाखको बजेट पारित गरेको हो । 

गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहका अनुसार बजेटले पूर्वाधार विकास, गरीबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य तथा सरसफाइ, कृषिको आधुनिकीकरण, वातावरण संरक्षण, मौलिक संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा लक्षित कार्यक्रम, सार्वजनिक प्रशासन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको छ । 

पूर्वाधार निर्माणका लागि रु ११ करोड, सौर्य ऊर्जाका लागि रु तीन करोड, स्वास्थ्यमा रु ८२ लाख, कृषि र पशुपालनका लागि रु ६२ लाख, विद्यालयको भौतिक सुधारका लागि रु एक करोड २० लाख र लैङ्गिक समानता तथा समावेशीकरणका लागि रु एक करोड विनियोजन गरिएको छ । 

हरियाली कार्यक्रम 

वन क्षेत्र कम भएको गाउँपालिकामा जिल्ला वन कार्यालयले हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । वन कार्यालयको तथ्याङ्कअनुसार, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका तथा खजुरा र राप्तीसोनारी गाउँपालिकामा वन क्षेत्र कम छ । 

ती स्थानीय तह क्षेत्रमा हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत वृक्षरोपण र सचेतीकरण कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला वन अधिकृत ईश्वरप्रसाद पौडेलले बताए । कार्यक्रमअन्तर्गत निजी वनलाई प्रवद्र्धन र व्यवस्थित गर्ने, नेपालगञ्जको सुर्खेतरोडमा स्थानीय तहको समन्वयमा वृक्षरोपण गर्ने र वृक्ष सुधार, वृक्षरोपण, तथा निजी वन विस्तार गर्ने कार्यक्रम छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप