पार्टीले सरकारको प्रतिरक्षा गर्न नसकेको प्रधानमन्त्री ओलीको गुनासो
काठमाडौं– प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सरकारको प्रतिरक्षा गर्न नसकेको गुनासो गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रो कामबारे लेख्ने, बोल्ने काम समेत पार्टी भित्रबाट हुन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका हुन् ।
उनले सरकारले नेपालको इतिहासमै सबैभन्दा बढी प्रगतिशील, जनपक्षीय र विकासमुखि नीति लिएपनि त्यसको प्रतिरक्षा गर्ने पार्टीभित्र कोही पनि नभएको जस्तो देखिएको प्रतिक्रिया पनि दिए । मंगलबार पार्टीका नेता, कार्यकर्तासँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले विपक्षहरुले अनावश्यक विषयलाई उचालेर सरकारको विरोध गरिरहेको आरोप पनि लगाए । उनले चार महिनाभित्र सरकारले मुलुकलाई समृद्ध बनाउन सम्भव नभएको विषयलाई समेत उचालेर जनता विरोधि तत्वले सरकारको विरोध गरिरहेको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले सरकारले जनताले सुम्पेको अभिभारालाई अत्यन्तै शालिनताका साथ पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले तत्काल सडकका सबै खाल्डाखुल्डी पुर्ने लगायतका अपेक्षा सरकारसँग राख्नु जायज नहुने दावी पनि गरे । उनले सरकारले जनताको अपेक्षा अनुसार मुलुकलाई समृद्ध बनाउने आधार तयार पारेको उल्लेख गर्दै सोही आधारमा टेकेर अघि बढने योजना पनि अघि सारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने- संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य