शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका जान हिँडेका दुई नेपालीलाई नाइजेरियाबाट काठमाडौं फर्काइयो

मङ्गलबार, ०१ साउन २०७५, १६ : ५५
मङ्गलबार, ०१ साउन २०७५

नाइजेरिया– नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिनादेखि नाइजेरियामा बन्धकजस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन्। गैर आवासीय नेपाली संघ नाइजेरियाको प्रयास र सहयोगमा उनीहरु आज काठमाडौ फर्केका हुन् ।

उनीहरुसँग नेपाली दलाल जेशन श्रीस (बाग्लुङ्ग र पोखरा) लगायतले जनही ३५ लाख रुपैया नेपालमै लिएको र पछि बीच–बीचमा खान र अरु खर्च गरि ५० लाख खर्च भएकोे बताएको छन ।  आफ्नो पासपोर्ट समेत दलालले उनीहरुलाई नदिएको बुझिएको छ । इजिप्टस्थित नेपाल दूतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो ।

गैरआबासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलाल मार्फत ३६ नेपाली नाइजेरिया पुगेको र त्यसमध्ये १२ जनालाई अमेरिका लैजान ब्राजिल उडाएको, १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै रहेको तर उनीहरु सम्पर्कमा आउन चाहेका छैनन् । 

गत महिना समेत थापाको संयोजनमा टोगो बाट यहि समुहका ५ जनालाई उद्दार गरि नेपाल फर्काइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप