शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पण्डित बाजेको लौरो’ले दर्शक निरास पार्दैन – अभिनेत्री मरिस्का

मङ्गलबार, ०१ साउन २०७५, १७ : ४२
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं – अगामी शुक्रबार अर्थात ४ साउनबाट प्रदर्शनमा आउँने चलचित्र हो ‘पण्डित बाजेको लौरी’ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले चलचित्र प्रचारलाई तिब्र बनाएको छ । 
प्रचारको क्रममा निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रममा निर्माण युनिटले चलचित्रको प्रदर्शनका लागि गरिएको तयारी र चलचित्रको बिषयमा बिभिन्न जानकारी गराएका थिए ।
कार्यक्रममा चलचित्रका निर्देशक दीपक वलीले ‘पण्डित बाजेको लौरी’ परिवारको साथ हेर्न मिल्ने सामाजिक कथाले भरिएको चलचित्र भएको बताए । ‘पुरेत्याइ गर्ने पण्डितको कथामा चलचित्र निर्माण भएको छ ’ वलीले भने ‘दर्शकले चलचित्रबाट सत प्रतिसत मनोरन्जन लिन सक्नुहुनेछ ।’ तल्लो जात भनेर हेपिने बादी समुदायकी महिला र ठूलो जात भनिने पण्डित बीचको कथा चलचित्रको मुख्य गुदी भएको उनले सुनाए ।
एउटा सानो गाउँमा पण्डित्याईको भिन्न भिन्न काम गर्ने पण्डितको कथामा आफूले ‘पण्डित बाजेको लौरो’ बनाएको निर्माता थमनकुमार भण्डारी बताए । ‘लगानी अनुसारको चलचित्र बनेको छ । निर्माताको हिसावले म खुसी छु’ उनले थपे ।
गीत संगीत र ट्रेलरले दर्शकको चासो जगाउन सफल चलचित्रमा कलाकार प्रविन खतिवडाले पण्डित बाजेको भुमिका निर्बाह गरेका छन् । ्
अभिनेत्री मरिस्का पोखरेलले चलचित्र राम्रो बनेको दाबी गरिन् । भनिन् ‘दर्शकलाई ‘पण्डित बाजेको लौरो’ले निरास पार्दैन । मलाई बिश्वास गर्दा हुन्छ ।’
अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर पाण्डेको छायांकन, मित्र डि.गुरुङको सम्पादन, विक्रम स्वार र दीपकमान सिंहको कोरियोग्राफी छ भने र श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठले यसमा संगीत दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप