बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘झमक बहादुर’को ट्रेलरः सुन तस्करी र लुटपाटको कथा

मङ्गलबार, ०१ साउन २०७५, १९ : १६
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं – चलचित्र ‘झमक बहादुर’ले दोस्रो ट्रेलर सार्वजनिक गरेको छ । यसको केही पहिले सार्वजनिक पहिलो ट्रेलर हेरेर दर्शकले चलचित्र दक्षिण भारतीय चलचित्र ‘मुम्बई एक्सप्रेस’ को फोटोकपि भन्दै चर्को आलोचना गरेपछि निर्माण युनिटले अहिले अर्काे ट्रेलर ल्याएको हो । 

अहिलेको ट्रेलरमा पैसा र सुनको कनेक्सन देखाइएको छ । ट्रेलरमा चलचित्रका केही कमेडी प्लट अटाएका छन् । ट्रेलरले चलचित्र कमेडी जनरामा निर्माण भएको अनुमान लगाउन सकिन्छ । भोमन कटुवालले चलचित्र निर्देशन गरेका हुन् । 

‘झमक बहादुर’ ‘मुम्बई एक्सप्रेस’को फोटोकपि नरहेको निर्देशक कटुवालले बताए । उनले भने– ‘सुन तस्करी, लुटपाट र अपहरण जूता नेपाली परिवेश सुहाउँदो कथा चलचित्रमा बुनेको छ । ’ अनुपविक्रम शाही, यादव देवकोटा (सरापे), राजु कमेडी, मिनकुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा ओम सुनारले संगीत दिएका छन् । 

राजु किराँत राईको द्वन्द्व, मिनकुमार तामाङको निर्माण, कोपिला कुमारी डल्लाकोटी सहनिर्माता रहेको चलचित्र १८ साउनबाट प्रदर्शनमा आउँदैछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप