शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बर्हिगमनमा परेका पूर्व माओवादी सेनाले प्रधानमन्त्रीलाई बुझाए ७ बुँदे माग

मङ्गलबार, ०१ साउन २०७५, १९ : ३९
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं– बहिर्गमनमा परेका तत्कालीन माओवादीका पूर्व जनमुक्ति सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका छन् । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा पुगेर पूर्व माओवादी सेनाले प्रधानमन्त्री ओलीलाई आफ्ना मागहरु पूरा गर्न ध्यानाकर्षण गराएको हो ।

स्वेच्छिक अवकास लिएका पूर्व जनमुक्ति सेना सरह एकमुष्ट प्याकेज दिनुपर्ने वा सो बराबर कुनै सेक्टरमा दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने, २०७३÷७४ को बजेट विनियोजनको बुँदा नम्बर १९ को कार्यान्वयन गर्नुपर्ने, आफूमाथि लागेको अयोग्य लडाकुको बिल्ला हटाई सम्मानयुक्त शब्द दिनुपर्ने लगायतका माग राखेका छन् । 

प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापनपत्रमा उनीहरुले आफ्ना परिवारका सदस्यलाई शिक्षा, स्वास्थ्य, रोजगारी र सरकारी सेवामा विशेष प्राथमिकता दिनुपर्ने, घाइते र अपांगको सम्पूर्ण उपचार गरिदिनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई अविलम्ब रिहाई गर्नुपर्ने, ४ हजार ९ जना सदस्यको दीर्घकालीन व्यवस्था गर्न पनि माग गरेका छन् । 

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले ज्ञापनपत्र अध्ययन गरेर समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको संगठनका महासचिव राजन थापाले रातोपाटीलाई जानकारी दिए । सो संगठनमा अध्यक्ष अशिन लिम्बु, उपाध्यक्ष रमेश बसेल, योग्यबहादुर कार्की, केबी रम्तेल, महासचिव राजन थापा,उपमहासचिव कोपिला राई, सचिव राजकुमार राई, कोषाध्यक्ष मोतिसरा खड्का र प्रवक्ता भिमबहादुर तामाङ छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप