लागूऔषध बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
भक्तपुर– सूर्यविनायक नरपालिका पाण्डुबजारमा रहेको फार्मेसीमा लागूपदार्थ बिक्री गरेको पाइएपछि शिलबन्दी गरिएको छ । नगरपालिका वडा–६, पाण्डु्बजारमा रहेको तेजश्वी फार्मेसी शिलबन्दी गरेको हो । युवाहरुलाई लागूऔषधको रुपमा प्रयोग गर्ने नशालु अवैध औषधी बिक्री गरिरहेको अवस्थामा भेटिएपछि मंगलबार अनुगमन टोलीले शिल लगाएको छ ।
नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, औषधि व्यवस्था विभागका निरीक्षक, नगरपालिकाको अनुमगनका क्रममा झोलामा पोका–पोका बनाएर बिक्रीका लागि राखिएको औषधि बरामद गरेको थियो ।
फार्मेसीबाट अवैध औषधि बिक्री भैरहेको र कलिला किशोर एवं युवाहरुले नशाका रुपमा औषधि सेवन गर्ने गरेको गुनासो आएपछि नगरपालिकाले आकस्मिक रुपमा पसलमा अनुगमन गरेको थियो । भक्तपुर नगरपालिका वडा नम्बर ४ बस्ने रिना श्रेष्ठले डी. फार्मेसी उतीर्ण गरि औषधि पसल सञ्चालन गर्दै आएकी थिइन् ।
टोलीले ट्रेनडल १०० एमजी, ५० एमजी, क्लोनाज, क्लस्पलगायतका पाँचवटा ब्राण्डका अवैध औषधिहरु बरामद गरेको छ । शिलबन्दी गरी बयानका लागि पसल सञ्चालकलाई २४ घण्टाभित्र औषधी व्यवस्था विभागमा बयानका लागि बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
विद्युत् विधेयक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना