शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशमा पूर्वप्रधानमन्त्री नेतृत्वको पार्टीको चुनावी सभामा बम विस्फोट

मङ्गलबार, ०१ साउन २०७५, १९ : ५६
मङ्गलबार, ०१ साउन २०७५

एजेन्सी– बङ्गलदेशको राजशाही शहरमा विपक्षको एक चुनावी सभामा मंगलबार बम विस्फोट भएको छ । 

पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० को चुनावी कार्यक्रम भइरहेको ठाउँमा बम विस्फोट गराइएको बताइएको छ । 

घटना भएको ठाउँ बङ्गलादेशको राजधानी ढाकाबाट करीब २५६ किलोमिटर टाढा रहेको छ । बङ्गलादेशको ठूलो विपक्षी पार्टी बीएनपीले आयोजना गरेको कार्यक्रममा बम विस्फोट भएको हो । 

यस विस्फोटमा परी तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ । 

राजशाही महानगरीय प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई नाम नबताउने शर्तमा बीएनपी चुनावी र्यालीमा परिपक्क नभएका तीन वटा बम विस्फोट गराएको जानकारी दिएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप