शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीयले नेपालीले पालेकाे राँगा  चोरेर लगेपछि

मङ्गलबार, ०१ साउन २०७५, २१ : २१
मङ्गलबार, ०१ साउन २०७५

कञ्चनपुर- कञ्चनपुर बेलडाँडी गाउँपालिका–३ बैवाहबाट नियन्त्रणमा लिएका नौ जना नेपाली आज साँझ मुक्त भएका छन् । 

सोमबार बैवाहका स्थानीय बासिन्दाका दुई जाेडी राँगा भारतीयले चोरी गरेर लगेपछि नेपालीले पिछा गर्दै भारतीय क्षेत्रमा राँगा भेटाएपछि भारतीय मञ्जित सिंह, गुरुसेवक र सतनाथलाई कुटपिट गरेपछि उत्पन्न विवादले चर्को रुप लिएपछि ठूलो हुलमा आएका भारतीयले नेपाली बस्तीमा छिरेर नेपालीमाथि कुटपिट गर्दै १५ जनालाई नियन्त्रणमा लिई भारतको कम्पोजनगरतर्फ लगेका थिए । 

जसमध्ये छ जना भागेर नेपाल आउन सफल भए पनि अन्य नौ जनालाई भारतीयले कम्पोजनगरमा लगेर बन्धक बनाएकाे स्थानीयवासी विमल धामीले बताउनुभयो । 

उनीहरुलाई भारततर्फ लगेको खबर पाइएपछि बेलडाँडी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, प्रहरी लगायतको टोली कम्पोजनगर पुगेछि नेपालीहरु नियन्त्रण मुक्त भएका हुन् । 

मुक्त हुनेमा बैवाहका कालुराम चौधरी, भुवनप्रसाद चौधरी, चन्द्र चौधरी, बलराम चौधरी, रामु चौधरी, विष्णु चौधरी, मञ्जु चौधरी र सुरज चौधरी रहेका छन् । 

नेपालीले कुटपिट गरेका तीन जना भारतीयलाई औषधोपचार खर्चबापत भारतीय रु ३० हजार उपलब्ध गराएपछि नेपालीलाई छाडेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप