शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वार्षिक ६८ करोडको इन्धन चेरी भएको पुष्टि

बुधबार, ०२ साउन २०७५, ०५ : ५०
बुधबार, ०२ साउन २०७५

काठमाडौं - विगतका बर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड बराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

नेपाल आयल निगमले इन्धन ढुवानीमा सेक्युरिटी लकिङ सिस्टम प्रयोगमा ल्याउनुअघि वार्षिक ६८ करोड रुपैयाँ बराबरको इन्धन चुहावट भएको पुष्टि भएको हो । 

विगतमा इन्धन ढुवानीका क्रममा ट्यांकरचालकले बीच बाटोमा तेल चोरी गरेका कारण पूरा परिणाम नआएको निगम र पम्प सञ्चालकहरुले बताउँदै आएका थिए । 

निगमले ढुवानी क्रममा हुने तेल चोरी नियन्त्रण गर्न सबै ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि इन्धन चुहावट (चोरी) नियन्त्रण भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप