बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिस आर्मीमा अब नेपाली महिला पनि

बुधबार, ०२ साउन २०७५, ०६ : ४४
बुधबार, ०२ साउन २०७५

काठमाडौं - दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ । आजको कान्तिपुरले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो । 

लडाइँमा प्रत्यक्ष उत्रिन पाउनेगरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका छन् । 

आगामी वर्षदेखि आवेदन खुला हुने र महिलाले कठोर छनोट प्रक्रिया पार गरे सन् २०२० सम्म बेलायतमा इन्फेन्ट्री तालिमका लागि आउनसक्ने अपेक्षा गरिएको छ । 

सण्डे टाइम्सका अनुसार अहिले ब्रिगेड अफ गोर्खाजमा तीन हजार गोर्खा सैनिक कार्यरत छन् । महिला भर्तीपछि यो संख्या तीन हजार ८ सय पुग्ने अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप