शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खोलाले बगाउँदा वृद्धको मृत्यु

बुधबार, ०२ साउन २०७५, ०७ : ५४
बुधबार, ०२ साउन २०७५

पर्वत - पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । 

पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । 

कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो । 

खेतमा काम सकेर घर फर्कँदै गर्दा खोला तर्न पसेका विकको शव १०० मिटर तल भेटिएको स्थानीयवासी सुरेन्द्र गौतमले जानकारी दिए । 

विकले मादकपदार्थ सेवन गरेर खोला तर्न पसेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

खोलाले बगाएको स्थान नजिकै झोलुंगे पुल भएपनि उनी पुल नतरी खोलामा तर्न खोजेका कारण दुर्घटना भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप