शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दमकमा आधाभन्दा बढी योजना सम्पन्न

बुधबार, ०२ साउन २०७५, ०७ : ५८
बुधबार, ०२ साउन २०७५

दमक - झापाको दमक नगरपालिकामा सञ्चालित अधिकांश योजना समयमै सम्पन्न भएको नगरपालिकाले जनाएको छ । 

दमक नगरपालिकामा जनप्रतिनिधि आएको गतवर्षको कार्यसम्पादनका अनुसार नगरमा सञ्चालित विभिन्न विकासे योजनाका ८० प्रतिशत काम पूरा भएको जनाइएको छ । 

नगरपालिकाको भौतिक निर्माण प्राविधिक शाखाका अनुसार गत वर्ष ३२८ वटा सञ्चालित योजनामध्ये ८० प्रतिशत हाराहारीमा मात्र काम सकिएको सो शाखाका प्रमुख इञ्जिनियर तीर्थनारायण श्रेष्ठले बताए । 

उनका अनुसार नगरक्षेत्रमा स्थानीय तहको रु २७ करोड ७३ लाख ३ हजार ५८ बजेटमा कल्र्भट २४ वटा, ग्राभेल सडक १०३, भवन तथा शौचालय निर्माण तथा मर्मत ५५, ढल २४, सिँचाइ चार, ग्राभेलसहित ढल नौ, ढलसहितको कालपत्रे सडक २५ र ढलसहित लकिङ योजना आठ गरी ३२८ वटा योजना सञ्चालनमा रहेका थिए । 

तीमध्ये गएको आवसम्ममा १३६ वटा योजना मात्र पूर्णरुपमा सम्पन्न भएको नगरपालिकाको भौतिक निर्माण प्राविधिक शाखाले जनाएको छ । 

यसबाहेक दमक नगरपालिकामा केन्द्रीय बजेटमा करीब रु डेढ अर्ब हाराहारीको लगानीमा पाँचवटा पुल रतुवा र मावा खोलामा निर्माण कार्य भइरहेको छ । यस्तै, पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय मातहतबाट रु २२ करोडको बजेटमा विभिन्न चारवटा सडक निर्माण कार्यसमेत सञ्चालन भइरहेको डिभिजन सडक कार्यालय, दमकले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप