मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

१० महिनाको एक वर्ष मान्ने ‘यी’ जातीको रोचक तर खतरनाक नृत्य (फोटो/भिडियो)

बुधबार, ०२ साउन २०७५, ०८ : ४८
बुधबार, ०२ साउन २०७५

गुइयाङ (चीन)–चीनको पिछडिएको क्षेत्रमध्ये एक गुइझाओ वागुई प्रान्तमा यहाँको सरकारले गरिबी निवारणको कार्यक्रमलाई जोडतोडका साथ अघि बढाइरहेको छ ।

चीनको केन्द्रीय सरकारले सन् २०२० सम्म गरिबी निवारणका लागि लिएको लक्ष्यअनुरुप यहाँ विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका हुन् ।

यसै अन्तर्गत गुइयाङमा ‘यी’ जातीको बसोबास रहेको हाइपिङलाई पर्यटकीय गाउँको रुपमा विकास गरिएको छ ।

 सरकारले पूँजीलगानी गरेर पर्यटकीय क्षेत्रको रुपमा यस ठाउँलाई विकास गरिरहँदा यो गाउँ सहकारी मोडलमा सञ्चालन हुन्छ । यो गाउँका बासिन्दाले आ–आफ्नो रुपमा गाउँको विकासका लागि योगदान दिन्छन् र त्यहीँबाट आयआर्जन पनि गर्छन् । 

 

सबैको यस पर्यटकीय नगरीमा सेयर रहेको छ । कसैले पसल व्यवसाय गरिरहेका छन् भने कोही पर्यटकका लागि पारम्परिक नाच देखाएर मनोरञ्जन प्रदान गर्दै योगदान गरिरहेका छन् । सरकारलाई जग्गा दिएर पनि उनीहरुले सेयर हासिल गर्न सक्छन् । 

यसरी पर्यटकीय नगरीबाट हुने आम्दानीबाट उनीहरुले पनि आफ्नो सेयरको हिस्सा प्राप्त गर्छन् । सहकारी मोडलबाट यो गाउँका बासिन्दाको जीवनस्तर उकास्न चीन सरकार सफल भएको छ ।

को हुन् ‘यी’ जाती ?
‘यी’जातीका मानिसहरु चीनका अन्य जातीभन्दा फरक रहेका छन् । उनीहरुको आफ्नै कला र संस्कृति रहेको छ । उनीहरु ३६ दिनको एक महिना मान्छन् भने १०महिनालाई एक वर्षको रुपमा मनाउँछन् । 
प्रत्येक महिनाका लागि उनीहरुको एक भगवान रहेका छन् । गाउँको सडकमा उनीहरुले मान्ने भगवानको आकृति कुदिँएका छन् । त्यस्तै, मदिराका सौखिन मानिने यो जातीको गाउँको भित्तामा रक्सीका भाँडाहरु कुदिएका छन् भने पर्यटकले सडकमा नै यहाँको स्थानीय रक्सीको स्वाद लिन पाउँछन् ।

हेर्नुहोस् हाइपिङ गाउँका तस्विरहरुः


 


हाइपिङको सडकमा यी जातीका मानिसहरुले आफ्नो परम्परागत नृत्य तथा गीत प्रस्तुत गरिरहेको पाउन सकिन्छ । यसमध्ये सबैभन्दा रोचक भनेको चु कान ऊ नृत्य हो । बाँसको सहाराले गरिने यो नृत्य खतरनाक पनि उत्तिकै छ । एउटा सानो भूलहुँदा नृत्य गर्ने घाइते पनि हुन सक्छ ।

हेर्नुहोस् तस्विर

भिडियाे हेर्नुहाेस्

यहाँ अन्य प्रकारका परम्परागत नृत्य र गीतहरु पनि हेर्न पाइन्छ ।
हेर्नुहोस् तस्विर :


यी जातीका मानिसहरुको स्थानीय उत्पादनलाई एउटा संग्राहलयमा राखेर प्रदर्शन समेत गरिएको छ । स्थानीय किसान तथा स्थानीयले तयार गरेको पेन्टिङ, छाता, जुत्तालगायत विभिन्न उत्पादनहरु यहाँ पाउन सकिन्छ ।
तस्विर हेर्नुहोस् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप