शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी युनिट स्थापना हुने भएपछि स्थानीयवासी उत्साहित

बुधबार, ०२ साउन २०७५, ०८ : ३६
बुधबार, ०२ साउन २०७५

नुवाकोट - यहाँको पञ्चकन्या गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापना गर्ने सरकारको तयारीले स्थानीयवासी उत्साहित भएका छन् । 

गाउँपालिकाभित्र एउटा पनि प्रहरी युनिट नभएर अस्थायी प्रहरी चौकी स्थापना गर्न पहल गर्दै आइरहेको समयमा नेपाल सरकारले ‘क’ वर्गको इलाका प्रहरी कार्यालय (इप्रका) स्थापना गर्ने निर्णयले खुशी छाएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले बताए । 

उनका अनुसार सरकारले प्रहरी निरीक्षकको नेतृत्वमा ४० जनाको दरबन्दी सिर्जनासहित इप्रका स्थापना गर्ने केही दिन अघि गरेको निर्णय कार्यान्वयन गराउन आवश्यक सहयोग पु¥याउन गाउँपालिकाले पहल थालिसकेको छ । 

“प्रहरी चौकी माग गर्दै गृह मन्त्रालयसम्म धाइरहेको समयमा प्रहरी युनिट स्थापना गर्ने निर्णयले उत्साहित भएका छौँ ।” तामाङले भने, “तत्काल स्थापना गर्न गाउँपालिकाले नै आवास व्यवस्थापन मिलाउन लागिरहेका छौँ भने व्यवस्थित भवन निर्माणका लागि निःशुल्क जग्गा मिलाउनसमेत पहल थालिएको छ ।” 

इप्रका स्थापनाले समुदायमा शान्ति सुरक्षाको प्रत्याभूति, अमनचयन तथा न्याय प्राप्तिका लागि उल्लेख्य सहयोग पुग्ने विश्वासले स्थानीयवासीसमेत आवश्यक सहयोग पु¥याउन तयार भएको स्थानीय युवा कृष्ण बोहराले बताए । 

नुवाकोटमा हाल प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा जिल्ला प्रहरी कार्यालयसहित मातहतमा इप्रका चार, प्रहरी चौकी १५, अस्थायी प्रहरी पोष्ट पाँच र नगर प्रहरी चौकी एक सञ्चालनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप