बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको आदेशपछि काममा फर्केका सिईओ साउदलाई हाजिर गर्न अवरोध

बुधबार, ०२ साउन २०७५, १२ : २६
बुधबार, ०२ साउन २०७५

काठमाडौं–नेपाल स्टक एक्स्चेन्जमा सर्वोच्च अदालतको अन्तरिम आदेशबाट काममा फर्केका सिईओ चन्द्रसिंह साउदलाई हाजिर गर्नबाट रोकिएको छ । नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले साउदलाई हाजिर गर्न अवरोध गरेको बताइएको छ । 
मंगलबार काममा फर्किएका साउदले सो दिन हाजिर गर्न पाएपनि बुधबार हाजिर गर्न पाएका छैनन् । यता, अर्थमन्त्रालयले फेरि रमेश अर्याललाई नेप्से पठाएको छ । उनले आज नेप्सेमै हाजिर गरेका छन् ।

नेप्सेका अध्यक्ष न्यौपानेलाई रातोपाटीले साउदलाई काम गर्न रोकिएको हो भन्ने प्रश्न गर्दा उनले अहिले आफू अर्थमन्त्रालयमा भएको र यसबारे पछि विस्तृत कुरा गर्ने बताए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप