शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं र भक्तपुरका दुई घरबाट लाखौं नगद र गरगहना चोरी

बुधबार, ०२ साउन २०७५, १२ : ३२
बुधबार, ०२ साउन २०७५

काठमाडौं–काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ बीरभद्र चोक बस्ने खेमराज गिरीको घरमा चोरी भएको छ । 
भुई तलाको ढोकाको ताल्चा तथा झ्यालको ग्रिल तोडेर नगद ५ लाख रुपैयाँ, सुनका बिभिन्न गहना समेत गरी करीव ११ लाख ९१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 
यस्तै     भक्तपुरको सूर्यबिनायक नगरपालिका–५ कटुन्जे घट्टेखोला बस्ने नरबहादुर सिवाकोटीको घरबाट पनि सुनको बिभिन्न गरगहना सहित करीव ६ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 
    फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप