बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रविधिमा पहुँच बढाएर मुलुकलाई समृद्ध बनाउनु पर्छः अर्थमन्त्री खतिवडा

बुधबार, ०२ साउन २०७५, १३ : ०२
बुधबार, ०२ साउन २०७५

काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा पहुँच बढाएर मुलुकलाई समृद्ध बनाउन जोड दिइएको स्पष्ट पारेका छन् । 

अर्थमन्त्री खतिवडाले मुलुकको उत्पादकत्व बढाउनका लागि सबै नागरिकलाई सिपयुक्त ज्ञान र प्रविधिमा पहुँच बढाउने विषयलाई सरकारले बजेटमार्फत् जोड दिएको पनि स्मरण गराए । 

 बुधबार प्रवासी नेपाली मंच, अमेरिकाले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा समावेशी समृद्धिका लागि सम्भावना र चुनौति’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले प्रविधिमा सबै नागरिकको पहुँच वृद्धि गरेर मात्रै मुलुकलाई विकाशशील राष्ट्रको सूचिमा पु¥याउन ढिलाई नहुने धारणा पनि राखे । 

 अर्थमन्त्री खतिवडाले सरकारले मुलुकको समृद्धिका लागि स्वस्थ र शिक्षित नागरिकको परिकल्पना गरेकाले बजेट तथा नीति र कार्यक्रममा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई पनि उच्च प्राथमिकता दिएको तर्क गरे । 
कार्यक्रममा बोल्दै अमेरिकास्थित युनिर्भसिटी अफ मिनासोटाका सह–प्राध्यापक डा. सतिश देवकोटाले नेपालको समृद्धिका लागि तत्काल भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले सुशासनको मात्रा बढाउन सके नेपालको समृद्धिका लागि आवश्यक लगानी आफैं भित्रने दावी पनि गरे । 

सह–प्राध्यापक देवकोटाले नेपालको आर्थिक वृद्धिदर ८ प्रतिशत पु-याउन तत्कालका लागि करिव २२ प्रतिशत पूँजी अभाव हुने प्रक्षेपण पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप