शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवल लागुऔषध कारोवारको केन्द्र बन्दै

बुधबार, ०२ साउन २०७५, १३ : २६
बुधबार, ०२ साउन २०७५

बुटवल– बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र बन्दै गएको छ ।  इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागुऔषध कारोवारसम्बन्धी मुद्दाले लागुऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हुँदै गएको देखाएको छ । 

भारतसँग जोडिएको नाकामा कमजोर सुरक्षा प्रणाली भएका कारण पनि लागुऔषध कारोबार गर्ने र सेवन गर्नेको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए । 

उनले त्यसको लागि जनचेतानमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार तीन वर्षको अवधिमा लागुऔषध कारोवार दोब्बर वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा लागुऔषध कारोवारको मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७३/७४ मा ७४ वटा र आर्थिक वर्ष २०७४/७५ मा ८४ वटा लागुऔषध कारोवारको मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप