शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्राकृतिक विज्ञान संग्राहलयले मनायो ४४औं बार्षिकोत्सव

बुधबार, ०२ साउन २०७५, १५ : ००
बुधबार, ०२ साउन २०७५

काठमाडौं– त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्राहयले ४४ औं वार्षिकोत्सव मनाएको छ । यसै अवसरमा संग्राहलयले विभिन्न ५५ हजार ७ सय जिवजन्तुहरुको अवशेष प्रदर्शनमा राखेको छ । 
लामो समयदेखि जिवजन्तुका वारेमा अध्ययन एवं अनुसन्धान गर्दै आइरहेको संग्राहलयको वार्षिक दिवस कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्राकृतिक विज्ञान संग्रहालयका त्रिविमात्रै नभई मुलुककै गहना भएकोले यसको संरक्षण र सम्वद्धर्नका लागी त्रिवि प्रयत्नशील रहेको दावी गरे ।
संग्राहलयको भौतिक पूर्वाधार विकास र यसको व्यापाक प्रचार÷प्रसार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले स्वयम्भू क्षेत्रको ऐतिहासिकतालाई मध्यनगर गरी संग्राहलय निर्माण गर्ने जानकारी दिए । 
कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा रामप्रसाद खतिवडाले संग्रहालयको विकास र यसको उन्नयनमा आफूहरु लागिपर्ने बताए । संग्रहालयको दिगो व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै उनले आधुनिक भवन निर्माणको लागी कीर्तिपुरमा जग्गा समेत छुट्याइसकिएको जानकारी दिए । 
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक डा.दिपक खड्का, त्रिवि अन्तराष्ट्रिय सम्वन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.भूपप्रसाद धमला, संग्रहालयका प्रमुख प्रा.डा धर्मराज डंगोल लगायतको सहभागिता रहेको थियो ।
प्राकृतिक स्रोतका नमुनाहरुलाई संरक्षित,संग्रहित र प्रदर्शनी गर्ने उद्देश्यले वि.स २०३२ श्रावण २ गते संग्रहलय स्थापना भएको हो । संग्रहालयका बैज्ञानिकहरुले प्र्रकृति सम्बन्धी विभिन्न अध्ययन÷अनुसन्धान गरिरहेका छन् । 
विभिन्न स्वदेशी–विदेशी  संस्थाहरुसग मिलेर बन,कृषि,सिमसार क्षेत्रका वोटविरुवा,किटपतङ,सरिसृप,स्तनधारी प्राणीका बारेमा समेत अध्ययन÷अनुसन्धान भइरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप