शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१२ नयाँ भूउपग्रह भेटिए, बृहस्पतिको चन्द्रमा सङ्ख्या ७९ पुग्यो

बुधबार, ०२ साउन २०७५, १७ : ०३
बुधबार, ०२ साउन २०७५

एजेन्सी । खगोलविद्हरुले बृहस्पतिका थप १२ वटा नयाँ चन्द्रमा भेटेका छन् । ती मध्य एउटाको भने परिक्रममा परिपथले गर्दा अर्को भूउपग्रहमा ठोक्किने अत्यधिक सम्भावना देखिएको छ ।

मंगलबार संयुक्त राज्य अमेरिकाका खगोलविद्हरुले यसको घोषणा गरेका हुन् । यो घोषणसँगै अब बृहस्पतिको कुल चन्द्रमाको संङ्ख्या ७९ भएको छ ।

यसको अर्थ सौर्य मण्डलको सबैभन्दा ठूलो र पूरानो ग्रह बृहस्पति ग्रहको अब सबैभन्दा धेरै वटा चन्द्रमा पनि भएको छ ।

हालै पत्ता लागेका सबै नयाँ चन्द्रमा तुलनात्मक रुपमा साना छन् । यीनीहरुको आकार १ देखि ४ किलोमिटरको छ–दशाशं छ । 

यी भूउपग्रहहरुको आकार बृहस्पतिका अन्य भूउपग्रहहरु केही फरक देखिएको छ । सौर्यमण्डलको सबैभन्दा ठूलो भूउपग्रह गेनिमेड पनि बृहस्पतिकै भूउपग्रह हो । यसको व्यास ५,२६८ कि.मी.व्यासको छ ।
सुर्यबाट पाचौं स्थानमा रहेको बृहस्पति ग्रहको व्यास भने १,४२,९८४ कि.मी. रहेको छ ।(तुलनाको लागि पृथ्वीको व्यास १२,७४२ कि.मी. छ ।) 

वासिन्टनस्थीत कार्नेगी इन्स्टिच्युट अफ साइन्सका खगोलविद् स्कट शेपार्डको नेतृत्वमा रहेको अनुसन्धान समूहले बृहस्पतिका यी साना १२ चन्द्रमाहरु पहिचान गरेका हुन् । 

समूहले नयाँ पत्ता लागेका चन्द्रमाहरुमध्य एउटालाई भने ‘अमिल्दो’ भनेका छन् । यसो भन्नुको कारण यो भूउपग्रहले बृहस्पतिलाई सोही ग्रह घुम्ने दिशाबाटै घुमिरहेको छ तर अन्य साना चन्द्रमाहरुको समूहले त्यही परिपथमा तर विपरित दिशाबाट भ्रमण गरिरहेका छन् ।

यही कारणले यसको अन्य भूउपग्रहसँग ठक्कर खाने सम्भावना धेरै छ । 

अब सौर्य मण्डलमा सबैभन्दा धेरै चन्द्रमा हुने ग्रह बृहस्पति भएको छ । यसका ७९ चन्द्रमा भए । दोश्रो धेरै चन्द्रमा भने शनि ग्रहको रहेको छ । उसको ६२ वटा चन्द्रमा छन् । त्यसपछि अरुणको २७ र बरुणको

१४ वटा छ । अन्य ग्रहको हकमा मंगल ग्रहको २ वटा चन्द्रमा छन् भने हाम्रो ग्रहको १ छ । तर बुध, शुक्र ग्रहका भने चन्द्रमा छैन ।

पछिल्लो आविष्कारको लागि अमेरिकाको हवाई र एरियोजोना साथै चिल्लीमा रहेका दुरदर्शक यन्त्रहरु प्रयोग गरिएको थियो ।

बृहस्पतिका चार ठूला चन्द्रमा हरु –आइवा, युरोपा, गेनिमेड र क्याल्लिस्टो ४०० वर्ष अघिनै ग्यालिलियोले पत्ता लगाएका थिए ।

सीएनएन
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप