बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् विवाहपछि अभिनयलाई बाई बाई गर्ने बलिउडका ७ अभिनेत्री

बुधबार, ०२ साउन २०७५, १८ : ००
बुधबार, ०२ साउन २०७५

मुम्बई –बलिउडमा केही यस्ता अभिनेत्री छन्, जसको विवाहपछि अभिनय करियर सकिएको छ । ती अभिनेत्रीले विवाह अगाडि चलचित्र क्षेत्रमा तहल्का मच्चाएका थिए । ति अभिनेत्री मध्य ७ को चर्चा हामी गर्दैछौ ।

सायरा बानोः


सायराले विवाहपछि अभिनयलाई बाई बाई गरेकी थिइन् । बलिउडमा केही हिट चलचित्र दिएकी उनले २२ बर्षको उमेरमा तत्कालीन समयका चर्चित अभिनेता दीलिप कुमारसँग विवाह गरेकी हुन् ।

ट्वींकल खन्नाः


ट्वीकलले बलिउडका थुप्रै चलचित्रमा काम गरेपनि हिट भने कुनै भएन । उनी अभिनेता अक्षयकुमारसँग विवाह गरेर अभिनयबाट टाढा रहिन् । उनी अहिले केही म्यागजिनको स्तम्भकार पनि हुन् ।

नरगिस दत्तः


बलिउड चलचित्र मदर इन्डियाबाट चर्चित अभिनेत्री हुन् नरगिस् । अभिनेता सुनिल दत्तसँग विवाह गरेपछि उनले चलचित्रलाई बाई बाई गरिन् ।

बबिताः


एक जमानाकी चर्चित अभिनेत्री हुन् बबिता । रणधीर कपुरसँग विवाह गरेपछि उनी निकै ब्यस्त हुन पुगिन् । बबिता करिस्मा कपुर र करिना कपुरकी आमा पनि हुन् । 
  
भाग्यश्री:


भाग्यश्रीले ‘मैने प्यार किया’ चलचित्रबाट अभिनय गात्रा थालेकी थिइन् । यो चलचित्र सुपरहित सावित भयो । तर चलचित्र प्रदर्शनपछि उनले विवाह गरिन् र अभिनयबाट टाढा भइन् ।

नीतु सिंहः


सानै उमेरबाट चलचित्र अभिनय रोजेकी नीतुले १४ बर्षको उमेरमा ऋषि कपुरसँग डेट गर्न थालेकी थिइन् । २१ बर्षको उमेरमा उनले उनै अभिनेतासँग विवाह गरिन् । विवाहपछि नितु चलचित्र क्षेत्रबाट टाढा भइन् ।

 गायत्री जोशीः


‘स्वदेश’बाट डेब्यु गरेकी अभिनेत्री गायत्रीको पहिलो चलचित्रनै हिट भएको थियो । तर उनले अर्काे चलचित्र अभिनय गरिन् । ‘स्वदेश’ प्रदर्शन लगतै उनले विकाश ओबरायसँग विवाह गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप