‘चि मुसी चि’ को अर्को नयाँ गीत सार्वजनिक, सुनिल र अलिशाको दमदार नृत्य
काठमाडौं – ११ साउनबाट प्रदर्शनमा आउने चलचित्र ‘चि मुसी चि’ले प्रदर्शन मिति नजिकिँदै गर्दा फेरि नयाँ गीत सार्वजनिक गरेको छ । ‘आउँ आज मायाको’ बोल रहेको सार्वजनिक गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ, भने सुरज अधिकारीको शब्द संगित समेटिएको छ ।
गीतमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माको आकर्षक नृत्य गरेका छन् । गीतको कोरियोग्राफी सुनिल आफैंले गरेका हुन् । सुनिल र अलिशा यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । यी दुबै नृत्य क्षेत्रको चर्चा पछि अभिनयमा भित्रिएका हुन् । अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की हुन्, भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेका छन् ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । चलचित्र दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण