एसईईमा सहभागी २५८ विद्यार्थीलाई एनसेलको आंशिक छात्रवृत्ति
काठमाडौ । एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।
एनसेलले उच्च शिक्षाको तयारीका लागि विभिन्न ६९ वटा ईन्स्टिच्युटमा ब्रिज कोर्ष गरीरहेका २५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको हो ।
एनसेलले गत वर्षको चैत्र महिनामा ‘पहिलो सिम’ योजना ल्याएको थियो ।
योजना अन्तर्गत ब्रिज कोर्स कक्षा संचालन गरीरहेका विभिन्न ६९ इन्स्टिच्युटमा अध्ययनरत ३ देखी ७ उत्कृष्ट विद्यार्थी गरी जम्मा २५८ उत्कृष्ट विद्यार्थीलाई ५००० राशीको आंशिक छात्रवृति प्रदान गरेको हो ।
ईन्स्टिच्युटले विभिन्न समयमा लिएको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले आंशिक छात्रवृति प्राप्त गरेका हुन् ।
एनसेलले पहिलो सिम योजना संचालन गर्दै एसर्ईई दिएका विद्यार्थीलाई ब्रिज कोर्ष अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको यो दोश्रो बर्ष हो ।
यस अघि कम्पनीले २०७३ सालको एसईई परिक्षा दिई विभिन्न ४२ वटा ईन्स्टिच्युटमा तयारी कक्षामा अध्यनन गरेका १२६ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाभर रोटी, भात र पाउरोटी खाएन भने शरीरमा के हुन्छ ?
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु
-
बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’
-
महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति