शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुटमिलमा तालाबन्दी

बुधबार, ०२ साउन २०७५, २० : ०८
बुधबार, ०२ साउन २०७५

विराटनगर– विराटनगर जुट मिलमा कार्यरत १० कर्मचारी निष्कासनको विरोधमा आज कर्मचारीले प्रशासनमा तालाबन्दी गरेका छन् ।  बन्द अवस्थामा रहेको सो जुट मिलबाट १० जना कर्मचारीलाई निष्कासन गरिएपछि विरोध स्वरुप उनीहरुले तालाबन्दी गरेका हुन् । 

जुट मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले करारमा कार्यरत २४ जनामध्ये यही साउन १ गतेदेखि १० को करार अवधि सकिएकाले निष्कासन गरिएको बताए। उनका अनुसार बन्द रहेको जुटमिलमा कर्मचारीको आवश्यकता नहुने भएकाले करार अवधि सकिएपछि केहीलाई कामबाट हटाइएको हो । 

निष्कासनमा परेका कर्मचारीले भने जुट मिलका अध्यक्ष वन नै अवैध भएको र सञ्चालक समितिको निर्णयबिनै आफूहरुलाई गैरकानूनी तरिकाले निष्कासन गरेकाले मान्य नहुने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप