बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको फितलो नीतिका कारण चुुुरेक्षेत्र विनाशः प्रदेश कानुनमन्त्री यादव

बुधबार, ०२ साउन २०७५, २१ : ०५
बुधबार, ०२ साउन २०७५

जनकपुरधाम – प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सरकारको फितलो नीतिका कारण चुरेक्षेत्रको संरक्षण हुुन नसकेको बताएका छन् । 
बातावरण पत्रकार समुहद्धारा  जनकपुरमा आयोजित एक  अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले राणाकालीन सरकारको पालादेखि विभिन्न बहानामा चुरेक्षेत्रको दोहन र वन विनास हुँदै आएको बताए । 
चुरे विनासको कारण बर्षेनी तराईमधेशका हजारौ बिगाहा जग्गा बगर हुँदै गएको, चुरे संरक्षणको नाममा करोडौं रुपैया राज्य कोषबाट गरिने तर उपलब्धि भने शून्य रहेको कानुन मन्त्री यादवले टिप्पणी गरे ।
चुरेदोहन र बन विनासमा तराईमधेशका प्राय: सबै जिल्लाका जिल्ला बन अधिकृत र प्रमुख जिल्ला अधिकारीहरु त्यत्तिकै दोषी रहेको उनकाे भनाइ थियाे । 
देशमा जब जब राजनितिक उथल पुुथल हुन्छ त्यसको प्रत्यक्ष प्रभाव बन माथी नै पर्नेगरेको पनि उनले बताए । 

बाताबरण सुधार गर्न समयमै सबैपक्ष सजग नभएमा आउँदा दिनमा पानी र अक्सीजनको समेत समस्या हुने सहभागिहरुले चेतावनी दिएका थिए ।

सो अवसरमा प्रदेश सांसद रामचन्द्र मण्डल,बाताबरण पत्रकार समुहका अध्यक्ष अरुण ढकाल,महासचिव रमेस भुुषाल,पत्रकार चन्द्रकिशोर झा लगायतले बर्तमान अवस्थामा बाताबरणिय सुुधार राज्यको अगाडी ठुुलो चुनौती रहेकाले जनचेतनाको माध्यमले सबैको सहभागिाता बढाउनुु पर्नेमा जोड दिएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप