शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारको काम प्रभावकारी नभएपछि प्रचण्डले लिए मन्त्रीसँग ‘ब्रिफिङ’

बुधबार, ०२ साउन २०७५, २१ : १८
बुधबार, ०२ साउन २०७५

काठमाडौं–सरकारको कामकारवाहीको चर्को आलोचनापछि नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रीहरुसँग ‘ब्रिफिङ’ लिन थालेका छन् ।

आफू नबोलेपनि सरकारको कामबारे प्रचण्डले चासो राखेका छन् । 

बुधवार प्रचण्डले उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई आफ्नो निवास खुमलटारमा बोलाएर सरकारको कामकारवाहीवारे ब्रिफिङ लिएका हुन् ।

मन्त्रीहरु प्रचारमा मात्रै रमाएको र जनताको पक्षमा काम गर्न नसकेको गुनासोपछि प्रचण्डले भेट थालेका हुन् । 

खुमलटार स्रोतका अनुसार प्रचण्डले मन्त्रीको काम चिक्तबुझ्दो नभएको भन्दै प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले पार्टी नेताहरुले सरकारको बचाउ नगरेको गुनासो गरेको अर्कोदिन प्रचण्डले मन्त्रीहरुसँग ब्रिफिङ लिएका हुन् । 

मन्त्रीहरुलाई आफ्नो निवास खुमलटारमा बोलाएर प्रचण्डले जनचाहना र अपेक्षा अनुसार परिणाम नआएकोमा असन्तुष्टि जनाएका छन् ।

प्रचण्डले नेकपाका मन्त्रीहरुसँगको छलफललाई बिहीबारसमेत जारी राख्ने खुमलटार स्रोतले बताएको छ । 

सरकारका कामकारवाहीलाई लिएर विपक्षी काँग्रेसले सरकारमाथि हमला गरिरहेको छ ।

शान्ति प्रकृयाका बाँकी कामको टुंगो लगाउने, संविधान कार्यान्वयनमा समयबद्ध तालिका अनुसार ऐन नियमहरु बनाएर कार्यान्वयन गर्ने, संघीयता कार्यान्वयनको विषयलाई सशक्त बनाउने र जनताका विकासका आकांक्षा सम्बोधन गर्ने मामलामा सरकार चुकेको भन्दै नेकपाभित्रै पनि आलोचना शुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजबादी फोरम सहभागी भएको दुई तिहाई बहुमतको सरकार छ । 

डा.गोविन्द केसीको अनशन, राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक, महंगी नियन्त्रण धुलो, बाढीपहिरो पीडितलाई राहत तथा उद्दारजस्ता जस्ता काममा पनि सरकार चुकेको भनेर संसदमा आलोचना भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप