शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किम र मुनलाई आयो निम्ता

बुधबार, ०२ साउन २०७५, २२ : ३१
बुधबार, ०२ साउन २०७५

जाकार्ता- इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई आफ्नो देशमा नियन्त्रणा गर्नुभएको छ । 

आउँदो महिना हुने एसियन खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा आतिथ्यता ग्रहण गर्न उहाँले दुई कोरियाका दुई शीर्ष नेतालाई निमन्त्रणा गर्नुभएको हो । 

प्रतियोगितामा दुवै देशले सँगै सहभागिता जनाउने सहमति भइसकेकाले राष्ट्रपति विडोडोले किम र मुनलाई निमन्त्रणा गर्नुभएको इन्डोनेसियाका उच्च अधिकारीहरूले जनाएका छन् । 

विश्वमा शान्तिपूर्ण वातावरण फैलाउनका लागि सो कार्यक्रम एउटा महत्वपूर्ण सहयोगी अवसर हुनसक्ने अपेक्षा गरिएको छ । 

कार्यक्रममा दुई कोरियाका शीर्ष नेताद्वय किम र मुन सहभागी भए विश्वको ध्यान खिचिने छ । 

एसियन खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा झण्डै २६ देशका प्रमुख आउने संभावना रहेको बताइएको छ । 

उद्घाटन समारोहका लागि दुई लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको इन्डोनेसियाको प्रहरीका राष्ट्रिय प्रमुख टिटो कार्नाभिआनले जानकारी दिनुभएको छ । 

प्रतियोगितामा झण्डै ४५ देशबाट नेता, खेलाडी, प्रतिनिधिलगायत गरी झण्डै २५ जना सहभागी हुने अपेक्षा आयोजक राष्ट्र इन्डोनेसियाले गरेको छ । प्रतियोगिताअन्तर्गत विभिन्न ४० वटा खेल हुनेछन् । 

आउँदो अगस्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म हुन लागेको प्रतियोगिता १८औँ संस्करण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप