शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातभरी ३२ किमि हिँडेर पहिलो दिन अफिस पुगेः मालिकले उपहारमा दिए नयाँ कार

बिहीबार, ०३ साउन २०७५, ०९ : ४०
बिहीबार, ०३ साउन २०७५

न्यूयोर्क । अमेरिकाको एक कम्पनीका मालिकले ३२ किलोमिटर पैदल हिँडेर अफिस पुग्ने आफ्ना एक कर्मचारीलाई नयाँ कार उपहारस्वरुप प्रदान गरेका छन् ।

वाल्टर कारको आफ्नो कार बिग्रिएका कारण उनी रातभरी हिँडेर अफिसमा पहिलो दिन उपस्थित भएका थिए ।

अफिस जाँदै गर्दा उनलाई एक पुलिस अधिकारीले देखेर रोकेको र २० वर्षे युवकको कथा सुनेपछि उनलाई ब्रेकफास्टका लागि प्रस्ताव राखेको बताइएको छ ।

बीबीसीका अनुसार अफिसकी अर्की कर्मचारी जेनी लेमी अफिसमा आठ बजे आइपुग्ने ग्राहकहरु भन्दा अघि सरसफाई सिद्धाउने सोच बनाएर त्यस दिन चाँडै उठेकी थिइन् । उनले साढे ६ बजे अफिसको डोरबेल बजेको सुनिन् र ढोका खोल्दा वाल्टरलाई एक पुलिस अधिकारीसहित देखिन् ।

‘मैले ढोका खोल्ने बित्तिकै उनले ‘यी निकै राम्रा बच्चा’ लाई बिहानै पेलह्याममा भेटेको बताइहाले,’ उनले आफ्नो फेसबुकमा लेखिन् ।

‘उनी होमवुडस्थित आफ्नो घरबाट रातभरी हिँडेर पेल्ह्याम आइपुगे । किनभने उनी अफिसमा ढिलो हुन चाहँदैनथे । उनी ३२ किलोमिटर हिँडेर यहाँ आइपुगेका हुन् । पुलिसले उनलाई सबेरै भेटेको र ब्रेकफास्टका लागि लगेको र उनको कथा सुनेपछि वाल्टरलाई हाम्रो घरसम्म ल्याइदिए ।’

लेमीका अनुसार उनले वाल्टरलाई अरु कर्मचारी नआएसम्म आराम गर्न आग्रह गरिन् तर उनी मानेनन् र तत्काल काम गर्न थालिहाले ।

‘मलाई वाल्टर र उनको यात्राले निकै छोएको छ । म यो सोच्न सक्दिनँ कि मध्य रातमा एक्लो हिडिँरहेका वाल्टरले कतिपटक पछाडि फर्केर हेरे होलान् । कतिपटक आफ्नो हिँडेरै अफिस पुग्ने निर्णय सही थियो वा गलत भनी घोत्लिए होलान् । तर उनी निरन्तर हिँडिरहे । म यी युवा देखेर निकै चकित भएकी छु,’ उनले थपिन् ।

लेमीले कम्पनीका सिइओ ल्यूक मार्कलिनलाई फोन गरिन् र नयाँ कर्मचारीलाई चकित तुल्याएर फोर्ड स्केपको नयाँ कारसहित उपस्थित भइन् ।

‘म साँच्चै नै उनी देखेर निकै प्रभावित भएकी छु । उनले जे गरे त्यसले मलाई भाव विह्वल बनाउँछ,’ मार्कलिनले एबीसी न्यूजलाई भने ।

रिपोर्टका अनुसार जब उनी पाँच वर्षका थिए तब वाल्टर र उनकी आमाले न्यू ओर्लियन्सस्थित आफ्नो घर कट्रिना आँधीमा गुमाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप