विश्वकपबाट चर्चामा आएकी क्रोएशियाकी राष्ट्रपति कोलिन्दा थिइन् कमान्डो, ८ भाषाकी जानकार
क्रोएशियाले सन् २०१८ को फिफा विश्वकपको फानइलमा फ्रान्ससँग हारे पनि त्यहाँकी राष्ट्रपति कोलिन्दा ग्रेबर किदारोविच (५०) ले संसारको मन जितेकी छिन् ।
उनी क्वार्टर फाइनल खेल हेर्न जुलाई एक तारिखमा इकोनोमी क्लासको यात्रा गरेर रुस पुगिन् र दर्शकदीर्घामा बसेर आफ्नो समूहको हौसला बढाइन् ।
हारेपछि पनि उनले क्रोएशियाका कप्तानलाई अँगालो हालेर सान्त्वना दिइन् । उनको यस्तो व्यवहारको सामाजिक संजालमा निकै प्रशंसा गरियो ।
विश्वकपबाट चर्चामा आएकी कोलिन्दा कुनै पनि आर्मी कमान्डो थिइन् । उनी एक उत्कृष्ट निशानेबाज पनि हुन् । हार्वर्डमा पढेकी कोलिन्डा आठ भाषाकी जानकार हुन् ।
क्रोएशिया फाइनलमा पुगेपछि राष्ट्रपति कोलिन्डाले गरिन् डान्स, खेल हेर्न इकोनोमी क्लासमा यात्रा गरिन् (भिडियो)
सन् १९६८ अप्रिल २९ मा जन्मिएकी कोलिन्डाले अंग्रेजी र स्पेनिश साहित्यमा स्नातक र इन्टरनेशनल रिलेशनमा पोष्टग्रेजुएट गरेकी छिन् । उनले जर्ज वासिङ्टन, हार्वर्ड र जोन होपकिन्स युनिभर्सिटीमा पढेकी छिन् । उनी सन् २०१५ मा क्रोएशियाकी पहिलो राष्ट्रपति चुनिएकी हुन् । यस वर्ष उनले जागरेब फ्याकल्टीमा इन्टरनेशनल रिलेशनमा पीएचडी सुरु गरेकी छिन् ।
फिफा विश्वकपः पुरस्कार वितरणमा वर्षा हुँदा छाता ओढेर पुगे पुटिन, फ्रान्स र क्रोएशियाका राष्ट्रपति भिजिरहे
नेटोको हौसला बढाउन अफगानिस्तान पनि गइन्ः
कोलिन्दा सन् २००७ देखि २०११ सम्म अमेरिकामा क्रोएशियाकी राजदूत थिइन् । उनी पहिलो महिला थिइन् जो पब्लिक डिप्लोमेसीका लागि नाटोकी असिस्टेन्ट सेक्रेटरी जनरल बनिन् । यो पदमा रहँदा उनी थुप्रै पटक नेटो सैनिकको हौसला बढाउन अफगानिस्तान पनि गइन् । नेटो सर्कलमा उनलाई SWAMBO (जसको कुरा सबैले मान्छन्) भनिन्थ्यो ।
विश्वकपमा रुसी राष्ट्रपति पुटिन र क्रोएशियाली राष्ट्रपतिको यस्तो केमेस्ट्री, फ्रान्सका राष्ट्रपति पनि देखिए
उनको काम, अनुशासन र समर्पणको तारिफ जर्ज डब्ल्यू बुश र बराक ओबामाले पनि गरिसकेका छन् । कोलिन्दा क्रोएशियन, अंग्रेजी, स्पेनिश र डेनिस भाषा फरर बोल्छिन् । उनी जर्मन, फ्रेन्च, रुसी र इटालियन भाषामा राम्रो सँग बोल्न सक्छिन् । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग उनकै भाषामा कुरा गर्छिन् ।
क्रोएशियाको हारपछि भावुक भएकी राष्ट्रपतिले टीमका कप्तानलाई अँगालो हालेर यसरी सम्झाइन् (फोटोफिचर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा
-
सडक र टोलले सम्झिन्छ सहिद घिमिरेलाई
-
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !