चीन बन्यो विश्वको तेस्रो पर्यटकीय गन्तब्य, आकर्षण ग्रेटवाल
वेइजिङ – विश्वकै ठूलो अर्थतन्त्र बनेको चीन विश्वको तेस्रो प्रमुख पर्यटकीय गन्तब्य पनि बनेको छ । विश्व पर्यटन संगठनको सूची अनुसार चीन पर्यटनका लागि विश्वको तेस्रो गन्तब्य बन्न सफल भएको हो ।
सूची अनुसार पहिलो स्थानमा फ्रान्स रहेको छ भने दोस्रो स्थानमा अमेरिका र तेस्रो स्थानमा चीन रहेको छ ।
स्पेनलाई पछिन्दै चीन पछिल्लो तथ्यांक अनुसार तेस्रो स्थानमा पर्न सफल भएको हो ।
विश्वको सात आश्चर्यमध्ये एउटा चीनमा रहेको छ । त्यो हो ग्रेटवाल । चीन भ्रमण गर्ने जो कोहीका लागि ग्रेटवाल गन्तव्य हुने गरेको छ । चीनको राजधानी वेइजिङमा ग्रेटवालबाहेक विश्वका सबभन्दा ठूलो केन्द्रीय स्क्वायर रहेको छ ।
त्यस्तै यहाँ प्राचिन राजवंशीको पुराना दरवारहरुका साथै धार्मिक तथा ऐतिहासिक स्थलहरु पनि हेर्न लायकका छन् ।
चीनको वेइजिङ्मा रहेको ग्रेटवाल दुई हजार वर्ष पुरानो रहेको छ । यो पर्खाल अरु देशको आक्रमण बच्नका लागि यो आठदेखि ३५ फिटको पर्खाल निर्माण गरिएको थियो । यसको उचाई तथा चौडाई सबैतिर एकैनाशको रहेको छैन ।
ग्रेटवालको पर्खालको लम्बाई छ हजार ४०० किलोमिटर भनिएपनि विभिन्न टुक्रालाई जोड्दा ८८५१ किलोमिटर हुन आउँछ । त्यहाँ उल्लेख विभिन्न सूचना अनुसार यो पर्खाल माटो र ढुगांबाट पाँचौ शताब्दीदेखि १६ औ शताब्दीसम्ममा निर्माण भएको थियो ।
पूर्वको शानहाइगुआनदेखि पश्चिमको लोपनुरसम्म फैलिएको यो पर्खाल निर्माणका लागि २० लाखभन्दा बढी व्यक्तिले आफ्नो पूरै जीवन लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल