बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा

बिहीबार, ०३ साउन २०७५, १२ : ४१
बिहीबार, ०३ साउन २०७५

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । 

पोखरा विश्वविद्यालयको १९औँ वार्षिक साधारणसभा समारोहका लागि पोखरा आएका उनले निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै यहाँ भइरहेका कामबारे जानकारी लिएका थिए । 

उनलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले भइरहेका निर्माण कार्यबारे जानकारी गराए । 

निरीक्षण क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप