बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के ‘मिस्टर बीन’ को सडक दुर्घटनामा मृत्यु भयो ? यस्तो छ वास्तविकता

बिहीबार, ०३ साउन २०७५, १३ : ०७
बिहीबार, ०३ साउन २०७५

मिस्टर बीनको भूमिकामार्फत संसारभरीका मानिसलाई हँसाउने चर्चित हास्यकलाकार रोवन एटकिन्सनलाई कसले चिन्दैन र ? अब यी कलाकारको मृत्यु भएको खबर सार्वजनिक भएको छ । यसबारे सोसल मिडियामा अत्यधिक अफवाह फैलिएको छ ।

जुलाई ८ तारिखदेखि भाइरल भएको यो पोष्टलाई थुप्रैले वास्तविक मानिरहेका छन् तर यो खबर पूर्ण रुपमा झुटो भएको विभिन्न संचारमाध्यमले पुष्टि गरेका छन् ।  

बुधबार उनको मृत्युको अर्को समाचार छापियो जसमा उनको लस एन्जलसमा एक कार दुर्घटनामा मृत्यु भएको खबर फेसबुक र ट्वीटरमा अत्यधिक सेयर भए ।

मिस्टर बीनको निधनको खबर फैलिएको यो पहिलोपटक भने होइन । सन् २०१७ मा पनि उनको मृत्युको खबर सार्वजनिक भएको थियो । त्यतिबेला फक्स न्यूजले उक्त खबर झुटो भएको र भाइरस फैलाउनका लागि प्रयोग गरिएको बताएको छ ।

यस्तै २०१६ मा पनि उनको मृत्युको अफवाह फैलिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप