बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘रोमियो एण्ड मुना’गीत: ‘तिम्रै लागि हो’मा रोमान्टिक देखिए श्रृष्टि र विनय

बिहीबार, ०३ साउन २०७५, १८ : २१
बिहीबार, ०३ साउन २०७५

काठमाडौ – ११ साउनबाट प्रदर्शनमा आउने चलचित्र हो ‘रोमियो एण्ड मुना’ । रिलिजको करिब एकसाता बाँकी रहँदा निर्माण युनिटले चलचित्रको एक रोमान्टिक गीत सार्वजनिक गरेको छ । बोल रहेको सार्वजनिक रोमान्टीक गीतमा कलाकार विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ रोमान्टिक मुडमै देखिएका छन् । निकै आकर्षक लोकेसन सहित छायाँकन गरिएको गीतमा श्रृष्टि र विनय रियल प्रेमीकै रुपमा उत्रिएका छन् । 

हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको यस गीतमा गौरव डगोकरको स्वर छ । कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन् । यो सहित रोमियो एण्ड मुनामा समावेश ६ गीत सार्वजनिक भैसकेका छन् । यो गीतलाई दर्शकले रुचाउने निर्माण युनिटको विश्वास रहेको छ । 

नरेशकुमार केसीको निर्देशन रहेको ‘रोमियो एण्ड मुना’ मा विनय र सृष्टि शीर्ष भूमिका रहेको छ । प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएको चलचित्रमा प्रज्वल सुजल गिरी, सुष्मा कार्की र सुरक्षा पन्तको समेत अभिनय देख्न सकिन्छ । चलचित्र लभ स्टोरी जनरामा निर्माण  भएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप