शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम राष्ट्रिय प्रि-हस्पिटल केयर सम्मेलन आयोजना

बिहीबार, ०३ साउन २०७५, १९ : ००
बिहीबार, ०३ साउन २०७५

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल एम्बुलेन्स सेवा (नास), विश्व स्वास्थ्य संगठन नेपाल, डेनिस रेडक्रस र युरोपियन युनियन मानवअधिकार निवारण र नागरिक संरक्षणले नेपालमा ‘पूर्व अस्पताल हेरविचार’ विषयमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । 

सम्मेलन घटना घटी अस्पताल आउनु पूर्व वातावरणको दृश्य मूल्यांकन गर्न बिरामीको प्रारम्भिक मूल्यांकन, जीवन जोखिम तथा आपातकालीन स्थितिमा उपयुक्त प्रारम्भिक कदमको साथै, रोगीको स्थानान्तरणमा उचित निगरानी उनीहरूको मेडिकल बेससँग राम्रो सञ्चार कसरी गर्ने भन्नेबारे आयोजना गरिएको हो । 

सम्मेलनको उद्घाटन गर्दै राज्यमन्त्री पद्यमा अर्यालले सबै एम्बुलेन्सहरूको लागि केन्द्रीय सञ्चार केन्द्र बनाउनको लागि स्वास्थ्य र नासका बीच साझेदारी गर्ने बारेमा आश्वासन दिइन् । राज्यमन्त्री अर्यालले भनिन्, ‘नासकै ईएमएस अवधारणाको नेतृत्व गर्नुपर्छ र नेपाल सरकारसँग हरेक नेपालीलाई पूर्व अस्पतालको सुरक्षा प्रदान गर्नका लागि काम गर्नुपर्छ ।’

त्यस्तै सम्मेलनमा नासको प्रमुख संस्थापक अध्यक्ष डा. राजेश गोङ्गलले भने, ‘हाम्रो देशमा इमरजेन्सी मेडिकल सेवाको लागि शोच बनाइएको छैन । हामी स्वास्थ्य सेवाका साझेदारहरुले सरकारी संयन्त्रको सहयोगमा  दीर्घकालीन दृष्टिकोणको सिर्जना गर्न संयुक्त काम गर्नुपर्छ । आशा गर्दछ कि यो सम्मेलनले हामीलाई त्यो दिशामा पुर्याउनेछ ।’ 

यसै अवसरमा स्ट्यानफोर्ड विश्वविद्यालयका डा. एसवी महादेवनले आपातकालीन स्थितिको समयमा प्रहरी र दमकल जस्तै, अस्पताल पूर्व हेरविचार पनि समान तथा महत्वपूर्ण रहेको बताए । उनले भने, ‘यो नागरिकको आधारभूत अधिकार पनि हो । हरेक देशले आफ्नो आधारभूत अधिकारको लागि काम गर्नुपर्छ । म यस अर्थमा खुशी छु कि यस प्रकारको कन्फरेसन सरकारसँगको साझेदारीमा भएको छलफलले यस दिशामा एक कदम बढाउने छ ।’


कार्यक्रमको अध्यक्षता गरेका नासका अध्यक्ष ओमराज भण्डारीले प्रशिक्षित कर्मचारीहरू र सुविधायुक्त एम्बुलेन्सको कमीले धेरै व्यक्तिले ट्याक्सी प्रयोग गर्ने गरेको बताए । उनले भने, ‘कोही–कोहीले चालक मात्र रहेको सामान्य एम्बुलेन्स प्रयोग गर्न बाध्य छन्, जसका कारण धेरै मानिसहरु सामान्य उपचार र हेरचाहको कमीले मुत्युसम्म पुग्ने गरेका छन् ।’

पूर्व अस्पताल हेरचाह बिरामीले प्राप्त गर्ने आकस्मिक उपचार हो जुन सामान्यतया आपातकालीन मेडिकल टेक्नीसियन्स र प्यारामेडिक्सद्वारा अस्पताल पुग्न अघिको समयमा एम्बुलेन्समा गरिन्छ ।

सम्मेलनमा स्वास्थ्यकर्मी, डाक्टर, मेडिकल प्रतिनिधि र चिकित्सक लगायत कार्यक्रममा सहभागी छन् । सम्मेलन आज (बिहीबार) बाट सुरु भएको हो ।

यी चुनौतिहरूको सन्दर्भमा सम्बन्धित ज्ञान र कौशल बढाउने  उद्देश्यको साथ पूर्व अस्पताल हेरचाह सम्मेलन दुईदिनसम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप