बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘जय शम्भु’ गीत : अनुपको भरमा परिन् बर्षा

बिहीबार, ०३ साउन २०७५, १९ : ५९
बिहीबार, ०३ साउन २०७५

काठमाडौं । अनुप विक्रम शाही र वर्षा शिवाकोटी अभिनित चलचित्र ‘जय शम्भु’को रोमान्टिक गीत ‘म त परेँ तिम्रै भर’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजनासहित गीत सार्वजनिक गरिएको हो ।

गीतमा चलचित्रका मुख्य कलाकार वर्षा र अनुप नै देखिएका छन् । टंक बुढाथोकीको संगीत, अमृता नेपालको शब्द, रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अन्जु पन्त र टंक बुढाथोकीले स्वर दिएका छन् ।

एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्रमा अनुप र वर्षाको अलवा प्रशान्त ताम्राकार, रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतको अभिनय देख्न सकिनेछ । 

दुई करोडमाथि निर्माण लागतमा तयार भएको चलचित्र १ भदौबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई उपत्यकामा विके फिल्मस् र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ । 

जयन श्रेष्ठ, दिनेश शाही, चक्र पाख्रिन निर्माता रहेको चलचित्रको सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले हुन् । रुपेश तामाङको निर्देशन रहेको चलचित्रमा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्शन, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप