मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डा.केसी यी भयावह दृश्य देख्न नसकेपछि काठमाडौं आउन तयार भए, हेर्नुहोस् १० तस्विर

बिहीबार, ०३ साउन २०७५, २० : ०२
बिहीबार, ०३ साउन २०७५

काठमाडौं– जुम्लामा आमरण अनसन बसेका प्राडा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । बिहीबार डा. केसीलाई काठमाडौं ल्याउन शिक्षा मन्त्रालयका  सचिव, कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको थियो ।

त्यसक्रममा अनसनस्थलमा सरकारी टोलीलाई केसी समर्थकले प्रवेश गर्न नदिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपमा प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु घाइते भएका छन् । झडपका बेला अस्पताल परिसर युद्ध मैदानजस्तै भएको थियो ।  झडपमा एक प्रहरी जवान समेत घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ । झडपपछि केसीले अस्पतालमा सरकारी धरपकडले थप समस्या आउने भन्दै बरु आफू काठमाडौ जान सहमत रहेको जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप