शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उनले साथीतर्फ फर्केर भने, ‘ यहाँसम्म कि एकपटक यसकै अगाडि उसको प्रेमिकाको बलात्कार गरेँ’

शुक्रबार, ०४ साउन २०७५, ०८ : ०५
शुक्रबार, ०४ साउन २०७५

बीबीसी

डिपस्लूट दक्षिण अफ्रिकाको जोहान्सबर्गको सबैभन्दा खतरनाक इलाकामध्येको एक हो । यहाँ महिलाहरु बलात्कृत हुनु साधारण कुरा हो ।

दक्षिण अफ्रिकाको शहर डिपस्लूटमा बस्ने दुई युवाले बीबीसीसँगको कुराकानीमा आफूले अहिलेसम्म थुप्रै महिलालाई बलात्कार गरिसकेको बताएका छन् । क्यामराको अघिल्तिर यस्तो बताइराख्दा उनीहरुको अनुहारको भावमा रत्तिभर पनि परिवर्तन आएन ।

बलात्कार गर्नु गलत हो भन्ने कुरा आफूलाई थाहा नभएको उनीहरुको दाबी छ । उनीहरुले कहिले पनि ती बलात्कृत महिलाको ठाउँमा बसेर उनीहरुको पीडा बुझ्ने कोसिस पनि नगरेको बताए ।

उनीहरु आफ्नो अनुहार क्यामरामा देखाउन तयार थिए तर आफ्नो नाम भने गोप्य राख्न माग गरे । उनीहरुले निकै आरामपूर्वक आफ्ना कहानी हामीमाझ पस्किए ।

उनले भने, ‘महिलाहरुले ढोका खोल्नेबित्तिकै हामी उनीहरुको घरभित्र जबर्जस्ती छिर्दथ्यौं र आफ्नो चक्कु निकाल्थ्यौं । उनीहरु चिच्याउँथे । हामी उनीहरुलाई चुप बस्न भन्थ्यौं । उनीहरुकै ओछ्यानमा हामी उनीहरुको बलात्कार गर्दथ्यौं ।’

दुई युवक मध्येको एकले साथीलाई हेरेर भने, ‘यहाँसम्म कि मैले एकपटक यसकै अगाडि उसको प्रेमिकाको बलात्कार गरेको थिएँ ।’

यो बयान निकै अचम्मको छ तर डिपस्लूटमा यो सबैभन्दा साधारण छ ।

हरेक तेस्रो व्यक्ति बलात्कारीः

यो शहरका तीनमध्ये एक पुरुषले आफूले कम्तीमा पनि एकपटक बलात्कार गरेको स्विकार गरेका छन् । यो संख्या यहाँको जनसंख्याको ३८ प्रतिशत हो ।

यो कुरा सन् २०१६ मा गरिएको एक सर्वेक्षणमार्फत खुलासा भएको हो । यो सर्वेक्षणका लागि युनिभर्सिटी अफ द विटवाटरस्रान्डले दुई हजार ६ सयभन्दा बढि पुरुषसँग कुराकानी गरेका थिए ।

केहीले एकै महिलालाई दुईपटक बलात्कार गरेका थिए ।

मारियालाई उनकै घरमा बलात्कार गरिएको थियो । जतिबेला उनको बलात्कार भयो, उनकी छोरी सँगैको कोठामा सुतिरहेकी थिइन् ।

‘मैले त्यतिबेला छोरी नउठोस् भन्ने प्रार्थना गरिरहेको थिएँ । कतै छोरी उठिन् भने उनीमाथि केही हानी हो कि भन्ने डर थियो मलाई । ’

उनका बलात्कारीले कसैलाई पनि हानी नपुर्याउने बताउँदै आफूले जे गर्न चाहेका हुन् त्यो मारियाले गर्न दिनुपर्ने माग राखे ।

मारिया भन्छिन्, ‘मैले उसलाई जे मनलाग्छ त्यो गर भनेँ । त्यसपछि उनले मेरो बलात्कार गरे । उनले दोस्रोपटक मेरो बलात्कार गरिरहेका थिए ।’

निकै कम पीडित आफ्ना बलात्कारीको विरोध गर्ने गर्छन् । डिपस्लूटमा मानिसहरुको मनमा यो धारणा छ कि बलात्कार अपराध होइन ।’

बलात्कारको कुनै सजायँ छैनः

गत तीन वर्षमा डिपस्लूटमा बलात्कारका पाँच सय मुद्दा दर्ता भए तर कुनै पनि मुद्दामा कानूनी कारवाही भएन ।

बलात्कारको मामलामा मात्र नभई अन्य अपराधका मामलामा पनि यहाँको कानून त्यति सक्रिय छैन ।

स्थानीय पत्रकार गोल्डन एमटिका क्राइम रिपोर्टिङ गर्छन् । उनी भन्छन्, ‘राती डिपस्लूटको सडकमा निस्कन निकै खतरनाक छ । केही नराम्रो हुँदा मद्दत पाउन अत्यधिक मुश्किल हुन्छ ।’

‘राती १० वा ११ बजे नै कसैको हत्या हुनसक्छ र पुलिसले भोलिपल्टसम्म पनि शव उठाएका हुँदैनन् ।’

मानिसहरुले कानून हातमा लिएः

एमटिकाका अनुसार डिपस्लूटमा कानून नै छैन । त्यसकारण धेरै पटक ठूलाभन्दा ठूला अपराध हुने गर्छन् ।

अपराधप्रति यहाँको प्रशासनको व्यवहारका कारण यहाँका मानिसहरु निकै अराजक छन् ।

प्रशासनले कुनै पनि अपराधको कारवाही नगर्ने भएकाले मानिसहरुले कानूनलाई आफ्नो हातमा लिएका छन् । अपराधीलाई सजायँ दिनका लागि थुप्रै पटक उनीहरुको कुटीकुटी हत्या गरिन्छ ।

उनले आफैंले देखेको एक घटनाबारे जानकारी दिँदै भने, ‘एकपटक भीडले तीनजनालाई पेट्रोल छर्केर आगो लगाइदिए ।’

एमटिकाका अनुसार कुनै व्यक्तिलाई आफ्नो आँखा अगाडि तड्पिरहेको देख्नु निकै भयानक हुन्छ तर उनले ती व्यक्तिको मद्दतका लागि केही गर्न सकेनन् । किनभने यदि उनले यस्तो गरेको भए उनी पनि भीडको रिसको शिकार हुन्थे ।

यहाँसम्म कि पुलिससमेत यस्ता मामलामा हस्तक्षेप गर्दैनन् । उनीहरुकै आँखा अगाडि भएपनि घटनालाई नजरअन्दाज गरिदिन्छन् ।

डीपस्लूटकी एक निवासी भन्छिन्, ‘उनीहरुको हत्या भएकै राम्रो । उनीहरु हाम्रो घरभित्र जबर्जस्ती छिर्छन् र हाम्रा श्रीमानको अगाडि नै बलात्कार गर्छन् । ‘हेर मैले तेरी श्रीमतीको बलात्कार गरिरहेको छु’ भन्दै हामीमाथि बलात्कार हुन्छ ।’

यो शहर गरिबी र बेरोजगारीको समस्यासँग जुधिरहेको छ । तर महिलाविरुद्धको अपराध र रेप कल्चरका कारण यहाँको आर्थिक स्थिती थप नाजुक भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप