मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ समाजवादको नमूना गाउँ (फोटो/भिडियो)

शुक्रबार, ०४ साउन २०७५, ०८ : ३५
शुक्रबार, ०४ साउन २०७५

गुइझाउ (चीन)– चिनियाँ राष्ट्रपति सी जिनपिङले पछिल्लो समय जोड दिने शब्द भनेको ‘चिनियाँ विशेषतासहितको समाजवाद’ हो ।

 चिनियाँ कम्युनिष्ट पार्टीको यही सपना साकार पार्नका लागि ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्न चीनले आक्रामक रुपमा गरिबी निवारण कार्यक्रमलाई अघि बढाइरहेको छ । सन् २०२० सम्म गरिबीको रेखामुनि रहेका जनतालाई त्योभन्दा माथि उकास्ने सरकारको लक्ष्य रहेको छ ।

यसैक्रममा गुइझाउ प्रान्तस्थित छ्याङ खुयी झा गाउँलाई त्यहाँको स्थानीय सरकारले ‘समाजवादको नमूना गाउँ’ को रुपमा विकास गरेको छ । यी जाती बसोबास गर्ने यस ठाउँमा ६ हजार परिवारका लागि वस्ती तयार गरिँदैछ । हाल भने यहाँ करीब ६ सय गरिब परिवार बस्दै आएका छन् । यो गाउँको निर्माण अझै जारी रहेको छ ।

गरिबी निवारण कार्यक्रम अन्तरगत नै यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत सुविधा नभएका विभिन्न विकट क्षेत्रका वासिन्दालाई यहाँ स्थानान्तरण गरिएको छ ।

यो गाउँलाई एउटा सानो सहरको रुपमा विकास गरिएको बताउँछिन् चीनको विदेश विभागकी यु या । उनले सरकारले पूँजी लगानी गरे पनि यो गाउँको विकास र सञ्चालनको जिम्मा एउटा कम्पनीलाई दिएको बताइन् । उक्त कम्पनीले यस गाउँको सम्पूर्ण गतिविधि हेर्ने गरेको छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको यो गाउँमा स्कूलदेखि हस्पिटलसम्मको सुविधा रहेको छ । ९ वर्षसम्म यहाँ शिक्षा निःशुल्क रहेको छ भने उच्च शिक्षा हासिल गर्नका लागि निब्र्याजी ऋणसमेत प्राप्त गर्नेछन् । बीमा कार्यक्रमबाट यहाँका वासिनदा स्वास्थ्य सुविधा प्राप्त गर्न सक्छन् ।

यहाँको गाउँको वासिन्दालाई सरकारले प्राविधिक तालिम प्रदान दिएको छ । जसले गर्दा उनीहरु त्यही कम्पनी अन्तरगत विभिन्न काम गरेर आयआर्जन गरिरहेका छन् । यहाँको वासिन्दाले मासिक ५ सयदेखि ७ हजार येनसम्म आम्दानी गरिरहेका छन् ।

सरकारले यहाँको जनताको लागि परिवारको संख्याको हिसाबले अवास निर्माण गरिदिएको छ । समाजवादको नमूना गाउँमा भेटिएकी गाओ सुसाङको ५ कोठे घर सरकारले नै बनाइदिएको हो ।

 

उनले पसल सञ्चालन गर्छिन् र मासिक ५ सय युवान आर्जन गर्छिन् । सरकारको गरिबी निर्वारण कार्यक्रमबाट आफूहरु निकै लाभान्वित भएको उनले बताइन् । भित्तामा टाँगिएको आफ्नो पूरानो घरको तस्विर देखाउँदै उनले भनिन्, ‘हामीहरु बस्ने पुरानो ठाउँमा निकै अभाव थियो । यहाँ स्थानान्तरण भएपछि जीवन बदलिएको छ ।’ आफूले सुविधानसम्पन्न घर मात्र नपाएर आय आर्जनको अवसर पनि प्राप्त गरेर जीवनयापन सहज भएको बताइन् ।

‘मानिसहरुलाई पहिला भत्ता वा पैसा दिँदा उनीहरु झनै अल्छे भए,’ गुइझाउ प्रान्तको विदशे विभागका उपप्रमुख सेई झियाओले भने, ‘अहिले गाउँ सहकारीसहित समाजवादको नयाँ मोडल लागु गरेपछि मानिसहरु सम्पन्न जीवन बिताउन सफल भएका छन् ।’ यस मोडलबाट उनीहरुको मासिक आम्दानीको सुनिश्चितता भएको झियाओले जानकारी दिए ।
हेर्नुहोस् तस्विर र भिडियोः


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप