शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेन्छ्यायेमको बजेट साढे १८ करोड

शुक्रबार, ०४ साउन २०७५, ०९ : ३५
शुक्रबार, ०४ साउन २०७५

तेह्रथुम - मेन्छ्यायेम गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ का लागि रु १८ करोड ५३ लाख ३७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । 

गाउँपालिकाले बिहीबार सम्पन्न गाउँसभा मार्फत चालू खर्चतर्फ रु तीन करोड आठ लाख ५८ हजार र पूँजीगततर्फ रु आठ करोड ६३ लाख ७९ हजार र शशर्त अनुदानतर्फ रु छ करोड ८१ लाख गरी कूल रु १८ करोड ५३ लाख ३७ हजारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

यसमध्ये गाउँपालिकाले आन्तरिक आम्दानी रु १२ लाख, गत वर्षको बचत रु दुई करोड चार लाख, संघीय सरकारबाट प्राप्त अनुदान रु १५ करोड ८७ लाख, प्रदेश सरकारबाट प्राप्त रु ५० लाख ३७ हजार रहेको छ । 

उक्त बजेटबाट आर्थिक विकास अर्थात कृषि, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारीलगायत वित्तीय क्षेत्रका लागि रु एक करोड २० लाख ३२ हजार विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले बताए । 

यस्तै, सामाजिक विकासतर्फ रु दुई करोड २७ लाख, पूर्वाधार विकासतर्फ रु चार करोड चार लाख ६७ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु नौ लाख ५० हजार र संस्था विकास तथा सेवा प्रवाहतर्फ रु एक करोड दुई लाख ३० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप