शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पेटको बोसो घटाउने पाँच प्रभावकारी तरिका जसलाई बैज्ञानिकले पनि सही मान्छन्

शुक्रबार, ०४ साउन २०७५, १० : १९
शुक्रबार, ०४ साउन २०७५

पेट वरिपरी जमेको बोसोले धेरैजसो तपाईंलाई अप्ठेरो महसुस गराउँछ । आज हामी तपाईंलाई यस्तो सजिलो टिप्सबारे जानकारी दिँदैछौं जसबाट तपाईंले निकै सजिलै आफ्नो पेटको बोसो घटाउन सक्नुहुन्छ । वैज्ञानिकको अध्ययनले पनि यो कुरालाई पुष्टि गरिसकेको छ ।

१. फाइबरको सेवन गर्नुहोस्ः

घुलनशील फाइबर तोल कम गर्नका लागि निकै राम्रो माध्यम हो । यसले आन्द्रालाई स्वस्थ राख्छ । अध्ययन अनुसार यस्तो प्रकारको फाइबरले तपाईंलाई पेट भरिएको महसुस गराएर तपाईंको तौल घटनाउन सहयोग गर्छ । फाइबरले तपाईंको शरिरको भोजनबाट अवशोषित क्यालोरीको संख्या कम गर्ने गर्छ ।

२. जुसको साटो फलफूल खानुहोस्ः

यद्यपी, फलको रस भिटामिन र खनिज प्रदान गर्छ तर यसले शरिरमा सोडा र सुगरको मात्रा पनि बढाउने गर्छ । अत्यधिक मात्रामा फलफूलको जुस सेवन गर्दा यसको बोसो बढाउँछ । यसको साटो दैनिक तपाईं विभिन्न प्रकारको फलको सेवन गर्न सक्नुहुन्छ ।

३. एरोबिक व्यायाम गर्नुहोस्ः

एरोबिक व्यायाम (कार्डियो) ले तपाईंको स्वास्थ्यलाई राम्रो बनाउन र क्यालोरी घटाउने एक प्रभावकारी तरिका हो । अध्ययनका अनुसार एरोबिक व्यायामले पेटको बोसोलाई कम गर्नका लागि व्यायामको सबैभन्दा प्रभावकारी रुप मध्येको एक हो ।

४. तनाव कम गर्नुहोस्ः

यो तौल घटाउने एक सजिलो तरिका हो । निन्द्रा एक महत्वपूर्ण कारक हो जसले तपाईंको तौल कम गर्न सहयोग गर्छ । उचित निन्द्राबाट वञ्चित हुँदा तपाईंको मेटाबोलिजम स्लो हुने गर्छ । त्यसकारण तपाईं असामयिक स्न्याक्स खाने गर्नुहुन्छ । किनभने यसले तपाईंको शरिरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) को मर्मत र पुनर्स्थापित गर्ने समय पाउँछ । हुन त निन्द्राको कमीले तपाईंको तौल बढाउने गर्छ भने धेरै सुत्दा पनि तपाईंको मेटाबोलिजमलाई स्लो गरेर तपाईंको तौल बढ्ने गर्छ ।

५. मद्यपानः

मद्यपानको सेवन नगरेकै राम्रो । यदि तपाईं अत्यधिक पिउनुहुन्छ भने यसले गम्भीर रुपमा स्वास्थ्यलाई क्षती पुर्याउँछ । अनुसन्धानबाट पुष्टि भएको छ कि अत्यधिक रक्सीले तपाईंको पेटको बोसोलाई बढाउने काम गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप