शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युनियन हाइड्रोपावरको आइपीओ साउन १४ देखि बिक्रि खुला

शुक्रबार, ०४ साउन २०७५, १० : ४६
शुक्रबार, ०४ साउन २०७५

युनियन हाइड्रोपावरले साउन १४ गतेदेखि आइपिओ बिक्रि खुला गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ७ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो । यस आइपिओका लागि आवेदन दिने अन्तिम मिति छिटोमा साउन २८ गते र ढिलोमा साउन १२ गतेसम्म  रहेको छ । न्युनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आइपिओका लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ । 
नीजि क्षेत्रको लगानीमा स्थापना भएको युनियनले ३ मेगावाटको मिदिम करापु जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । आइपिओबाट संकलन भएको रकम बैंकको ऋण तिर्ने कम्पनीले  जनाएको छ । आइपिओ निष्काशन पछि यसको  चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्नेछ । युनियन हाइड्रोपावरले सर्वसाधारणलाई ३८.८३ प्रतिशत आइपिओ निष्काशन गर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप