बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुन राशि भएका व्यक्तिहरूले आज कस्तो रङ र अङ्क प्रयोग गर्ने ?

शुक्रबार, ०४ साउन २०७५, ११ : ३०
शुक्रबार, ०४ साउन २०७५

मेष राशि भएका व्यक्तिहरूका लागि व्यापार भावमा चन्द्रमा र राशि स्वामी मङ्गल राज्य भावमा गोचर गरिरहेको हुनाले साझेदारी व्यावसायमा लगानी गर्नुहोला । मनग्गे आम्दानी गर्न सकनेछ । साहित्य लेखन तथा राजनीतिमा आजको दिन राम्रो प्रगति गर्न सकिनेछ । आजको लागि शुभ रङ्ग प्रयोग गर्दै हुनुहुन्छ भने गुलावी रङ्गको प्रयोग गर्नुहोला । आजका लागि शुभ अङ्क १ र ९ रहेको छ भने ॐ एकदन्ताय नम : मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायी रहनेछ । 

वृष राशि भएका व्यक्तिहरूका लागि छैटाँै भावमा गोचर गर्ने चन्द्रमा र राशि स्वामी शुक्र पञ्चम भावमा गोचर गरिरहेको हुनाले विद्या तथा प्रतिष्पर्धामा भाग लिनुहोला प्रतिष्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईंको हातमा पर्नेछ । कृषि तथा सहकारी व्यावसायमा समय दिनुहोला, मनग्गे धन लाभ हुनेछ । आज खरानी रङको प्रयोग गर्नुहोला । आजका लागि  शुभ अङ्क २ र ६ रहेको छ भने ॐ अनेकवर्णाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायी रहनेछ । 

मिथुन राशि भएका व्यक्तिहरूका लागि विद्या भावमा गोचर गर्ने चन्द्रमा र राशि स्वामी बुध कुटुम्ब भावमा गोचर गरिरहेको हुनाले बौद्धिकताको प्रयोग मार्फत नाम तथा दाम कमाउन सक्नु हुनेछ । विलाशि तथा स्थायी सम्पत्ति जोड्नका लागि आजको दिन उपयुक्त रहेको छ । आजका लागि शुभ रङ निलो प्रयोग गर्नुहोला । ॐ चामुण्डाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायी रहनेछ भने ६ र ९ अङ्कको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

कर्कट राशि भएका व्यक्तिहरूका लागि चतुर्थ भावमा गोचर गर्ने चन्द्रमाले अन्य व्यावसाय मध्ययम रहे पनि कृषि तथा सहकारी व्यावसायमा लगानी गर्नुहोला । पत्रकार तथा राजनीतिज्ञको लागि आजको दिन शुभ रहनेछ । आजका लागि खरानी रङको प्रयोग गर्नुहोला । ॐ महेश्वराय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायी रहनेछ भने १ र ५ अङ्कको प्रयोगले आजको दिन शुभ रहनेछ । 

सिंह राशि भएका व्यक्तिहरूका लागि पराक्रम स्थानमा गोचर गर्ने चन्द्रमा र राशि स्वामी सूर्य खर्च भावमा गोचर गरिरहेको हुनाले खेलकुद क्षेत्र तथा साहित्य लेखनमा समय दिँदै हुनुहुन्छ भने समयले सााथ दिनेछ । विधि सङ्गत काम नगर्नेहरूका लागि भने समय दण्ड तथा जरिवाना तिराउनेछ । रातो रङ प्रयोग गर्नुहोला । ॐ शंभवे नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला, आजको दिन फलदायी रहनेछ भने २ र ६ अङ्कको प्रयोगले आजको दिन शुभ रहेको छ । 

कन्या राशि भएका व्यक्तिहरूका लागि धन भावमा गोचर गर्ने चन्द्रमा र राशि स्वामी बुध आएस्थानमा गोचर गरिरहेको बुधले काउन्सेलिङ, मोटिभेसन तथा बोलेर गर्ने पेसामा आबद्ध व्यक्तिहरूले नाम तथा दाम दुवै कमाउन सक्नुहुनेछ । आजको दिन आकस्मिक धन तथा  बाहन लाभ हुनेछ । आजका लागि ॐ घोररुपाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायी रहनेछ  । निलो रङको प्रयोग गर्नुहोला । ३ र ६ अङ्क प्रयोगले आजको दिन फलदायी रहनेछ ।

तुला राशि भएका व्यक्तिहरूका लागि आजको दिन शुभ रहनेछ । नयाँ काम गर्न तथा नोकरीमा प्रवेश गर्नको निम्ति उत्तम समय रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागि दिन राम्रो रहेको छ । लामो समयदेखि रोकिएर बसेका कामहरू आज गर्नुहोला । आजका लागि ॐ बहुलप्रियाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायी रहनेछ । ४ र ७ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ । 

वृश्चिक राशि भएका व्यक्तिहरूका लागि खर्च भावमा गोचर गर्ने चन्द्रमाले विदेशी लगानीबाट सञ्चालित संस्थामा प्रयास गर्दा नोकरी पाइनेछ । विदेशमा उत्पादित सामानको व्यापारमा फस्टाएर जानेछ । कूटनीतिको क्षेत्रमा समय दिनेहरूका लागि समयले साथ दिनेछ । आज रातो रङको प्रयोग गर्नुहोला । ॐ शुपकर्णाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायी रहनेछ । ५ र ९ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ । 

धनु राशि भएका व्यक्तिहरूका लागि आए भावमा गोचर गर्ने चन्द्रमाले प्राकृतिक स्रोत साधनसँग सम्बन्धित काम गर्नुहोला, मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । तरल पदार्थको व्यापार फस्टाएर जानेछ । दाजुभाइसँग मिलेर काम गर्नुहोला समयले साथ दिनेछ । पहेलो रङ प्रयोग गर्नुहोला । ॐ वृषभारुढाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायी रहनेछ ।  १ र ९ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ । 

मकर राशि भएका व्यक्तिहरूका लागि आजको समय राम्रो रहेको छ । राज्य स्थानमा गोचर गर्ने चन्द्रमाले राजनीति तथा समाजसेवामा लामो समयदेखि समय लगानी गर्नेहरूका लागि पद प्राप्तीको योग रहेको छ । आफन्त तथा अग्रजलाई खुसी बनाई काम दिनुहोला । हरियो रङ प्रयोग गर्नुहोला । ॐ शशिसेखराय नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायी रहनेछ । १ र २ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ । 

कुम्भ राशि भएका व्यक्तिहरूका लागि भाग्य भावमा गोचर गर्ने भन्द्रमाले शुभ फल प्राप्त हुनेछ  । धार्मिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ । भाग्यले साथ दिने हुँदा सानो लगानी फस्टाएर जानेछ । साहित्य लेखन, तथा गीत सङ्गीतको क्षेत्रमा समय दिनुहोला । ॐ शिवाय  नम  मन्त्रको १०८ पल्ट प्रयोग गर्नाले आजको दिन फलदायी रहनेछ ।   निलो रङ्गको प्रयोग गर्नुहोला २ र ३ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ । 

मिन राशि भएका व्यक्तिहरूका लागि कष्ट भावमा गोचर गर्ने चन्द्रमाले कुनै पनि काम गर्नु पहिले  अध्ययन गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग कमै गर्नुहोला । पहेलो रङको प्रयोग गर्नुहोला । ॐ  कालकालाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायी हुनेछ । १ र ४ अङ्कको प्रयोगले आजको दिन फलदायी रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप