बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राजदूतद्वारा प्रचण्डसँग भेट, राजदूतले गरिन् प्रशंसा

शुक्रबार, ०४ साउन २०७५, १२ : १७
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिज ले शुक्रबार बिहान निवास खुमलटारमा भेट गरेकी छिन् ।

आफ्नो कार्याकाल सकाउन लागेकी टेप्लिजले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेकी हुन् । 

अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भने, ‘तपाईँको कार्यकाल सफल भएको छ ।

नेपालको विकास र प्रगतिमा तपाईले खेलेको भूमिका सकारात्मक रह्यो ।’ 

प्रचण्डले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताए । 

उनले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे ।

नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रिया लगायतका ठूला ठूला चुनौतिहरुमा नेतृत्वदायी भूमिका खेलेको भनेर प्रचण्डको प्रशंसा गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

 उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरता पछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप