शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संघीयता कार्यान्वयनमा देखिएका समस्यालाई हल गर्न सभामुखको आग्रह

शुक्रबार, ०४ साउन २०७५, १२ : ५०
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं–प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणका लागि विधेयकहरु छिटोभन्दा छिटो संसदमा पेश गर्न सरकारलाई आग्रह गरेका छन् । 

सभामुख महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण गरेर मात्रै संघीयता कार्यान्वयनमा देखिएका समस्यालाई हल गर्न सकिने पनि स्पष्ट पारे । 

उनले संघीयता कार्यान्वयनका लागि कानुन तर्जुमा गरेर प्रदेश र स्थानीय तह संचालन तथा केन्द्र सरकारको सहजीकरणको कामलाई प्रभावकारी बनाउन सकिने विश्वास पनि व्यक्त गरे । 

 जनसंख्या तथा विकासका लागि सांसदहरुको मंच, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सन् २०३० भित्र मुलुकलाई विकसित राष्ट्र बनाउने सरकार र राजनीतिक दलहरुको

साझा लक्ष्यलाई हासिल गर्न लागि पर्न पनि सांसदहरुलाई सचेत गराए । 

 सभामुख महराले दिगो विकासमार्फत् मुलुकलाई समृद्ध बनाउन पनि दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको स्मरण गराए । 

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले दिगो विकासको लक्ष्य हासिल हुनेगरी संविधान कार्यान्वयनको मूल कडिको रुपमा रहेको कानुन निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । 

उनले मुलुकलाई समृद्ध बनाउने संकल्पलाई पूरा गर्न आफ्नो पार्टीले अधिकतम पहल गरिरहेको दावी पनि गरे । 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान कार्यान्वयनको मुख्य चुनौतिको रुपमा रहेको कानुन निर्माणको काममा ढिलाई गर्न नहुनेमा जोड दिए । उनले  कानुन निर्माणका लागि आवश्यक विधेयकको तर्जुमा गर्दा संसद भित्र र बाहिर पनि व्यापक छलफल  गर्नुपर्नेमा पनि जोड दिए । 

प्रमुख सचेतक खाँडले संघहरु निर्माण भएपनि नेताहरुको केन्द्रिकृत मनस्थितिका कारण त्यसलाई कार्यान्वयनमा लैजान कठिनाई भईरहेको पनि स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप